Comments Add Comment

रोजगार

List Grid
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १४ अर्ब विदेशी ऋण

२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले १३ अर्ब ६२ करोड (१२० मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । बेरोजगारहरुलाई न्युनतम १०० दिनको रोजगारी दिने भन्दै सरकारले गत वर्ष यो कार्यक्रम सुरु गरेको थियो । तर रोजगारी दिने नाममा झर उखेल्न नगाएर पैसा बाँडेको भन्दै पहिलो वर्ष नै यो कार्यक्रम निकै आलोचित […]

मलेसियाबाट आएन कामदारको अपेक्षित माग

१६ कात्तिक, काठमाडौं । मलेसियाको रोजगारी खुलेको डेढ महिना बित्यो, तर अपेक्षित रूपमा कामदारको माग आएको छैन । तत्कालै ५० हजारभन्दा बढी कामदारको माग आउने बताएका वैदेशिक रोजगार व्यवसायीहरू अहिले अन्योलमा परेका छन् । मलेसियामा कामदार पठाउने गरी भएको श्रम समझदारीअनुुसार सरकारले ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ नबनाएकाले माग ल्याउन अन्योल भएको व्यवसायीहरूको भनाइ छ । वैदेशिक […]

श्रम समझदारी कार्यान्वयनबारे छलफल गर्न यूएईको टोली आउँदै

१४ कात्तिक, काठमाडौं । नेपाल र यूएईबीच भएको श्रम समझदारी कार्यान्वयन प्रभावकारी बनाउन दुवै देश छलफलमा बस्ने भएका छन् । समझदारीपछि श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको पहिलो बैठक कात्तिक १७ र १८ गते काठमाडौंमा बस्ने भएको छ । वैठकमा सहभागी हुन युएईको प्रतिनिधिमण्डल कात्तिक १६ गते नेपाल आइपुग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी […]

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप

१४ कात्तिक, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ । ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सुरक्षा कोषले बिहीबारसूचीकरण हुनका लागि एक महिनाको समयावधि थप भएको सूचना प्काशित गरेको छ । सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग-प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा […]

फूल उत्पादनमा रमाउँदै जनयुद्धका पूर्वलडाकु

९ कात्तिक, हेटौंडा । तत्कालीन माओवादीको सशस्त्र जनयुद्धका क्रममा मोर्चा सम्हालेका मकवानपुरका दुई पूर्वलडाकु मौसमी उत्पादन फूल खेतीमा रमाउन थालेका छन् । ०५४ सालबाटै युद्धमा होमिएका हेटौंडा ६ चौघडाका बालकृष्ण चौलागाई र हेटौंडा १२ का वडा अध्यक्षसमेत रहेका ललित घलान व्यवसायिक फूल खेतीमा लागेका हुन् । पछिल्लो समय प्रदेश सरकारले भारतबाट भित्रीएका सयपत्री फूललाई निरुत्साहित […]

खारेजीमा परेका म्यानपावर पनि ठगी धन्दामा, सरकारले भन्यो-सचेत रहनुस्

५ कात्तिक, काठमाडौं । खारेजीमा परेको म्यानपावरले पनि कामदार विदेश पठाउने नाममा ठगी गरिरहेको भेटिएको छ । विगतमा वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था वमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका संस्थाहरुले पनि कामदारसँग विदेश पठाउन पासपोर्ट र कम बुझेको भेटिएको हो । वैदेशिक रोजगार विभागले गत भदौ […]

राष्ट्रिय जनगणनामा शिक्षक नखटाइने, ५२ हजार युवालाई अवसर

३ कात्तिक, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको जनाएको हो । ‘शैक्षिक क्यालेन्डर नबिग्रियोस् भनेर सबैतिरबाट सुझाव आयो,’ विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले भने, ‘अब गणक, सुपरीवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिनेछ ।’ उनका अनुसार ४३ हजार […]

९७ हजार कामदार सामाजिक सुरक्षा कोषमा आवद्ध

३० असोज, काठमाडौं । सरकारले निजी क्षेत्रका सबै उद्योग-प्रतिष्ठानलाई अनिवार्य गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने म्याद सकिएको छ । र, हालसम्म ९७ हजार कामदार यसमा आवद्ध भएका छन् । करिब ८ हजार ३ सय हजार रोजगारदाता कोषमा जोडिएका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए । उनका अनुसार अन्तिम दिन बिहीबार मात्रै २ हजार भन्दा […]

सामाजिक सुरक्षा कोषमा आउने म्याद भोलिसम्म, ६ हजार रोजगारदाता जोडिए

२९ असोज, काठमाडौं । सरकारले निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई अनिवार्य गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने म्याद भोलि (बिहीबार) सकिँदैछ । अघिल्लो सदनसम्म करिब करिब ६ हजार रोजगारदाता र ८५ हजार कामदार कोषमा जोडिएका छन् । हालसम्म कोषमा कामदारको ५ करोड सामाजिक सुरक्षाबापतको रकम जम्मा भएको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए । उनका […]

नेपालमा अमेरिकादेखि उत्तरकोरियासम्मका कामदार

२९ असोज, काठमाडौं । कामको खोजीमा नेपाली युवाहरु विदेशिने गरेको समाचार नौलो भएन । तर, काम खोज्दै अन्य देशबाट नेपाल आउने क्रम पनि पछिल्लो समयमा बढेको छ । फरक के छ भने हामी नेपालबाट अदक्ष जनशक्ति विदेश आपूर्ति गर्छौं, विदेशबाट दक्ष जनशक्ति नेपाल आउँछन् । दक्ष जनशक्तिको अभाव भएपछि विभिन्न कार्यालय, होटल, उद्योग, परियोजना र […]

वैदेशिक रोजगारः आर्थिक सहायताका लागि काठमाडौं आउनु नपर्ने

१५ असोज, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले आर्थिक सहायताका लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सम्बन्धित स्थानीय तहबाटै निवेदन दिनसक्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगार नियमावली, २०६४ को पाँचौँ संशोधन गर्दै सरकारले स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिन सकिने व्यवस्था गरेको हो । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद […]

अब कर्मचारी र म्यानपावर व्यवसायीको भेट हुँदैनः श्रममन्त्री

७ असोज, काठमाडौं । श्रममन्त्री गोकर्ण बिष्टले अब सरकारी कर्मचारी र म्यानपावर व्यवसायीको भेट नै नहुने बताएका छन् । केही दिनभित्रै सुरु गर्न लागिएको अनलाइन प्रणालीलाई ईंगित गर्दै उनले यस्तो दावी गरेका हुन् । वैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री बिष्टले व्यवसायीलाई फाइल बोकेर वैदेशिक रोजगार कार्यालयमा पुग्नुपर्ने बाध्यता हटाइने […]

जेनेस सोलुसनद्वारा यूकेएडको रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

५ असोज, काठमाडौं । क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप)सँग सहकार्य आरम्भ गरेको छ । जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित बिशेष कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र डीएफआईडी नेपालकी […]

म्यानपावरवालालाई लाग्यो संघको चुनाव

४ असोज, काठमाडौं ।  वैदेशिक रोजगार व्यवसायी संघमा चुनावको रन्को लागेको छ । विभिन्न समूहले आ-आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले उम्मेदवारी दिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले संयुक्त रुपमा […]

मलेसिया जाने कामदारको मेडिकल शुल्क बढ्यो, संघले उठायो श्रममन्त्रीमाथि प्रश्न

१ असोज, काठमाडौं । मलेसियामा जाने कामदारको मेडिकल शुल्क बढेको छ । दुईदेशबीच भएको श्रम समझदारी अनुरुप नै मेडिकल शुल्क बढेको हो । मेडिकलको सबै शुल्क भने मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ । नेपालबाट मलेसिया जाने कामदारको मेडिकल परीक्षणबात अब ७ हजार ६६४ रुपैयाँ तिर्नुपर्नेछ । यसमा स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ […]

विदेसिने कामदारलाई सिपको अनिवार्यता कहिलेबाट ?

२९ भदौ, काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरुको अनिवार्य सिप प्रमाणीकरणको व्यवस्था तत्काल लागू नहुने भएको छ । सरकारले उपत्यकाबाहिर पनि तालिम केन्द्रहरुलाई अनुमति दिएपछि मात्रै यो व्यवस्था लागू हुने भएको हो । गत असारबाटै विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सिप जानेकै हुनुपर्ने प्रावधान सरकारले बनाएको थियो । पहिलो पटक तयारी नपुगेकाले […]

खारेज भएका म्यानपावरलाई पासपोर्ट फिर्ता गर्न सरकारको निर्देशन

२९ भदौ, काठमाडौं । वैदेशिक रोजगार विभागले खारेज भएका म्यानपावर कम्पनीलाई कामदारको पासपोर्ट र रकम फिर्ता गर्न निर्देशन दिएको छ । हालै सरकारले बढाएको धरौटी रकम पूरा गर्न नसकेका ३०३ वटा म्यानपावर कम्पनी खारेज भएका छन् । ती म्यानपावर कम्पनीमा कामदारको सयौं पासपोर्ट रहेको हुन सक्ने विभागको अनुमान छ । म्यानपावर कम्पनीले विनाकारण पनि कामदारको […]

नेपाल र मलेसियाबीच रोजगारी खुला गर्ने सहमति, नयाँ कामदार जान बाटो खुल्यो

२६ भदौ, काठमाडौं । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । मेडिकलमा भएको […]

सैलुन व्यवसायबाट मासिक एक लाख कमाइ

१७ भदौ, चितवन । हरेक बजार क्षेत्र र चोकमा सैलुन देखिन्छन् । तिनका अधिकांश सञ्चालक भारतीय र केही तराई मूलका नेपाली छन् । यो पेसामा पहाडी युवाहरुको खासै रुचि देखिँदैन । बरु, खाडी मुलुकको चर्को गर्मीमा काम गर्न जान तयार हुने तर, पंखाको हावा खाँदै सैलुन व्यवसाय चलाउन नचाहने युवा जमात ठूलो छ । ठूलो […]

वैदेशिक रोजगारीमा बैंक खाता अनिवार्य गर्दा म्यानपावर व्यवसायी असन्तुष्ट

१८ भदौ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बैंक खाता अनिवार्य गरेपछि म्यानपावर व्यवसायीले असन्तुष्टि जनाएका छन् । यसबाट आफूहरुले झन्झट व्यहोर्नुपर्ने भन्दै वैदेशिक रोजगार व्यवसायी संघले औपचारिक रुपमै असन्तुष्टि जनाएको हो । संघले कामदारको बैंक खाता र त्यसलाई पुष्टी गर्ने कागजात आफूहरुले लिएर ‘स्क्यान’ गरी सफ्टवेयरमा हाल्नुपर्ने व्यवस्था कामदारको व्यक्तिगत गोपनीयताका अधिकार विपरीत […]

अब ८४८ मात्र म्यानपावर कम्पनी, ३०३ वटा खारेजीमा

१८ भदौ, काठमाडौं । नेपालमा ८ सय ४८ म्यानपावर कम्पनी मात्रै रहने भएका छन् । सरकारले धरौटी बढाउन दिएको अन्तिम मिति बुधबारसम्म ८ सय ४८ म्यानपावरले बैंक ग्यारेन्टी र नगद धरौटी राख्ने प्रक्रिया पुरा गरेका छन् । वैदेशिक रोजगार विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार  इजाजतपत्र लिएका मध्ये  ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले […]