२७ कात्तिक, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकले महँगो दरमा हवाई टिकट खरिद गनुपरेको गुनासो गरेको छ ।
आज पत्रकार सम्मेलन गरेर संघले सीमित वायुसेवाको मिलेमतोमा कृत्रिम अभाव खडा गरेर कालोबजारी गरिएको आरोप लगाएको हो ।
वायुसेवा कम्पनीहरूले सामान्य दिनमा ३० देखि ३५ हजार रुपैयाँमा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैयाँ पुर्याएर दोब्बर मूल्यको टिकटमा कामदार जान बाध्य भएको समेत संघले आरोप लगाएको छ ।
यस्तै मलेसिया लगायत देशमा महिला कामदार माग भएको भन्दै संघले सरकारले अध्ययन गरेर कामदार पठाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
संघले जापान, इजरायल, कोरिया लगायत देशमा इजाजत प्राप्त संस्थाबाट कामदार पठाउन पाउने गरी कार्यविधि स्वीकृत गर्नसमेत माग गरेको छ ।
हेर्नुहोस् मागहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4