News Summary
Generated by OK AI. Editorially reviewed.- भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १२ हजार ४ सय ७१ ले घटेको छ।
- यूएईमा जाने नेपालीको संख्या भदौमा १९ हजार ६ सय २ बाट असोजमा ९ हजार ८ सय ९८ मा घटेको छ।
- साउदी अरब र कतार जाने नेपालीको संख्या पनि घटेको छ भने मलेसिया, ओमान र कुवेत जानेको संख्या बढेको छ।
१७ कात्तिक, काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४ सय ७१ ले कम भएको हो ।
विभागका अनुसार भदौमा ४५ हजार ७ सय ३२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । असोजमा ३३ हजार २ सय ६१ जनामात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
तर, पुन: श्रम स्वीकृति (श्रम स्वीकृति नवीकरण) गर्नेको संख्या भने भदौको तुलनामा असोजमा बढेको देखिन्छ । भदौमा २२ हजार २ सय ४० जनाले पुन: श्रम स्वीकृति लिएका थिए भने असोजमा ३१ हजार ३ सय ७३ जनाले पुन: स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ ।
जेनजी आन्दोलनपछि युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गरेको छ । जसका कारण प्रमुख श्रम गन्तव्य यूएई जानेको संख्या कम देखिएको छ । भदौमा १९ हजार ६ सय २ जना यूएईमा वैदेशिक रोजगारीका लागि गएका थिए भने असोजमा ९ हजार ८ सय ९८ मात्र गएका छन् । भदौको तुलनामा असोजमा ९ हजार ७ सय ४ ले कमी आएको छ ।
त्यस्तै साउदी अरब जानेको संख्यासमेत घटेको छ । भदौमा ६ हजार २३ जनाले श्रम स्वीकृति लिएर गएका थिए भने असोजमा २ हजार ९ सय ८४ जनामात्र गएका छन् ।
त्यस्तै कतार जानेको संख्यासमेत भदौको तुलनामा असोजमा कमी आएको छ । मलेसिया, ओमान, कुवेत लगायत देश जानेको संख्या भने बढेको छ ।
प्रतिक्रिया 4