+
+
Shares

पुनर्निर्माणपछि फेरिएको कांग्रेस कार्यालय (तस्वीरहरू)

केन्द्रीय कार्यालयका कर्मचारीहरूको लागि अण्डरग्राउण्डमा कार्यकक्ष बनाइएको छ । पूर्व सभापति शेरबहादुर देउवाले प्रयोग गरेकै कोठालाई वर्तमान सभापति गगन थापाको कार्यकक्ष बनाइएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख १९ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यालय जेनजी आन्दोलनको आगजनीबाट क्षतिग्रस्त भएर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।
  • पुनर्निर्माणमा मूल ढोका बनाउने कार्य भइरहेको छ र कार्यालयमा नयाँ व्यवस्थापन सहित अण्डरग्राउण्ड कार्यकक्ष बनाइएको छ।
  • कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले पुनर्निर्माण सबै कार्य डेढ महिनाभित्र सम्पन्न हुने र पुस्तकालय पुनः सञ्चालन तयारीमा रहेको जानकारी दिनुभयो।

१९ वैशाख, काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) आगजनीबाट क्षगिग्रस्त भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

आगजनीबाट जलेर नष्ट भएका भौतिक संरचनाको पुनर्निर्माण गरिएको छ भने रंगरोगन सकिएको छ । आगजनबाट क्षति पुगेको मूल ढोका बनाउने कार्य भइरहेको छ । हस्तकलाबाट बनाइएको मूल ढोकामा त्यही प्रकृतिको बनाउन लागिएको छ ।

पुनर्निर्माणको क्रममा विगतमा भन्दा फरक तरिकाले कार्यालयको व्यवस्थापन गरिएको छ । केन्द्रीय कार्यालयका कर्मचारीहरूको लागि अण्डरग्राउण्डमा कार्यकक्ष बनाइएको छ । पूर्व सभापति शेरबहादुर देउवाले प्रयोग गरेकै कोठालाई वर्तमान सभापति गगन थापाको कार्यकक्ष बनाइएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले महामन्त्री हुँदा प्रयोग गरेको कोठा नै यसपटक कार्यकक्ष बनाएका छन् । महामन्त्री प्रदीप पौडेलले गगन थापा महामन्त्री हुँदा प्रयोग गरेको कोठालाई कार्यकक्ष बनाएका छन् । आठ सहमहामन्त्री मध्ये छ जनालाई पहिलो तलामा कार्यकक्ष बनाइएको छ ।

केन्द्रीय समिति बैठक बस्नका लागि तेस्रो तलामा थप संरचना निर्माण गर्न लागिएको छ । केन्द्रीय समिति बैठक बस्ने गरेको हालको कक्षलाई कार्यक्रम गर्नका लागि प्रयोग गरिने भएको छ । यो हलमा २२५ बढी कुर्ची राखेर कार्यक्रम गर्न सकिने गरी बनाइएको छ ।

नेता डा.शेखर कोइरालाका लागि यसअघि तय गरिएको कोठालाई डबलीका रुपमा रुपान्तरण गरिएको छ ।

अघिल्लो कार्यसमितिको बेला कार्यालय भवन पुर्न निर्माणका लागि नेता उमेश श्रेष्ठको नेतृत्वमा भवन निर्माण समिति बनेको थियो । श्रेष्ठ नेतृत्वको समितिले भवन पुर्न निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार अबको डेढ महिनाभित्र केन्द्रीय समितिका लागि बनेको हल सहित सबै निर्माणको कार्य सम्पन्न हुनेछ ।

कार्यालय निर्माणका लागि आर्थिक जोहो गर्न कांग्रेसले पार्टी संरचनाहरूलाई पत्राचार गरेको थियो । पार्टीका संरचना, कार्यकर्ता र शुभेच्छुकको सहयोगबाट भवनको पुनर्निर्माण भइरहेको कार्यवाहक मुख्य सचिव दुलालले जानकारी गराए ।

नयाँ नेतृत्व आइसकेपछि पार्टी कार्यालयलाई व्यवस्थित बनाउने गरी संरचनाहरू बनाएको छ । केन्द्रीय कार्यालयबाट आइटीको लागि छुट्टै टीम परिचालन गरिएको छ । कांग्रेसको साइट र फेसबुक पेजलाई विगतमा भन्दा परिष्कृत गरिएको छ । पार्टीका गतिविधिलाई साइटमा अपडेट गर्ने क्रम बढाइएको छ । फेसबुक पेजमा कांग्रेसका गतिविधि पोष्ट हुने क्रम बढेको छ । कांग्रेस सांसदले सदनमा राखेका धारणा फेसबुक पेजबाट प्रसारित गर्ने नयाँ तरिका अवलम्बन गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा सम्पूर्ण रुपमा क्षति पुगेको पुस्तकालय पुन: सञ्चालन गर्ने तयारी रहेको कार्यावाहक मुख्य सचिव दुलालले जानकारी गराए । ७० लाख भन्दा बढी रकम खर्चेर बनाइएको थियो ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?