News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीले गत भदौ २३, २४ गतेको जेनजी आन्दोलनक्रममा हराएको २५५ राउन्ड गोली फेला पारेको छ।
- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा गोली राखिएको थियो।
- एसएलआरको २३१ राउन्ड र ३०३ को २४ राउन्ड गोली फेला परेको र थप अनुसन्धान भइरहेको छ।
२५ वैशाख, काठमाडौं । गत भदौ २३, २४ गते भएको जेनजी आन्दोलनक्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले फेला पारेको छ ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा बाकसमा राखिएको अवस्थामा गोली फेला परेको हो ।
जेनजी आन्दोलनमा हराएको एसएलआरको २३१ राउन्ड र ३०३ को २४ राउन्ड गोली फेला परेको हो ।
अहिले उक्त गोली एलाका प्रहरी कार्यालय बनेपामा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4