+
+
Shares

मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ प्रहरीले रतुवामाई नगरपालिका–१ मा गोली चलाएर २१ वर्षीय मोहम्मद आविद मियाँलाई करिब आधा किलो ब्राउन सुगरसहित पक्राउ गरेको छ।
  • मियाँलाई भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए।
  • उनी लागुऔषध कारोबारी रहेको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरीले जनाएको छ।

८ वैशाख, विराटनगर । मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति गोली चलाएर प्रहरीले स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो ।

भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने मियाँ भाग्न खोजेका थिए ।

भागेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको थियो ।

हवाइ फायर गरेपछि पक्राउ परेका मियाँको साथबाट प्लास्टिकमा प्याक गरिएको ५ पोका लागुऔषध ब्राउन सुगर बरामद भएको  थियो ।

प्लास्टिकसहित ब्राउनसुगरको करिब तौल ५१३ ग्राम थियो ।

प्लास्टिक बाहेक ४४७ ग्राम ८५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मियाँ लागुऔषध कारोबारी रहेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?