News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर ४१ वर्षीया कान्छिमाया तामाङ गम्भीर घाइते भएकी छन्।
- घाइते तामाङलाई उद्धार गरी काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
६ चैत, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन् ।
स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
घटना पश्चात गम्भीर घाइते अवस्थामा तामाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ ।
हाल उनी धुमबाराहीस्थित ह्याम्स अस्पताल उपचाररत छन् । घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय १७–१८ जना मानिसहरू मिलेर बिहीबार दिउँसो बस्ती नजिकैको जङ्गलमा सिकार गर्न गएको र सोही समयमा उक्त घटना भएको पाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
प्रहरीले घटनामा प्रयोग भएको दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया 4