+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

इजरायल जाने ‘लक्की ड्र’ मा नपरेका केयरगिभर उम्मेदवारले मागे प्राथमिकता, नयाँ विज्ञापन नखोल्न माग

उनीहरूले श्रम मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म ज्ञापनपत्र बुझाउँदै आफूहरूलाई इजरायल पठाउने प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलमा केयरगिभरका रूपमा जान लक्की ड्रमार्फत आउट भएका १ हजार २ सय १ जनाले नयाँ विज्ञापन नखोल्न र आफूहरूलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।
  • उनीहरूले श्रम मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म ज्ञापनपत्र बुझाउँदै तत्काल इजरायल पठाउने प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
  • सरकारले नयाँ विज्ञापन खोल्ने तयारी गरिरहेको खबरले उनीहरूमा अनिश्चितता बढाएको र योग्य उम्मेदवारलाई प्राथमिकता नदिए कानुनी कदम चाल्ने चेतावनी दिएका छन्।

१९ मंसिर, काठमाडौं । इजरायलमा केयरगिभरका रूपमा जान वञ्चित भएकाहरूले नयाँ विज्ञापन नखोल्न माग गरेका छन् ।

गत वर्ष भएको विज्ञापनमा सम्पूर्ण प्रक्रिया पूरा गरेर लक्की ड्रमार्फत ‘आउट’ भएका उम्मेद्वारहरूले आफूहरूलाई प्राथमिकता नदिई नयाँ विज्ञापन नखोल्न माग गरेका हुन् ।

उनीहरूले श्रम मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म ज्ञापनपत्र बुझाउँदै आफूहरूलाई इजरायल पठाउने प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका छन् ।

इजरायलमा ‘जीटुजी’ प्रक्रिया अन्तर्गत सहायक कामदारका रूपमा नेपालबाट इजरायल पठाउने पठाउने गरिएको छ । दोस्रो चरण अन्तर्गत ११ असार २०८१ मा विज्ञापन खुलेको थियो ।

त्यसपछि लिखित परीक्षा, कागजात प्रमाणीकरण, स्वास्थ्य परीक्षण लगायत सबै चरण पूरा गरेका ३ हजार ४ सय ३ जनामध्ये गोलाप्रथाबाट २ हजार २ सय २ जनामात्र छनोट भएका थिए भने १ हजार २ सय १ जना लक्की ड्रपछि आउट भएका थिए ।

यही समूहका १ हजार २ सय १ जनाले आफूहरूलाई नै प्राथमिकतामा राखेर इजरायल पठाउन व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।

गोलाप्रथाबाट बाहिरिएपछि आफूहरूको भविष्य अन्योलमा परेको उनीहरूले जनाएका छन् । तर, सरकारले नयाँ विज्ञापन खोल्ने तयारी गरिरहेको खबर सार्वजनिक भइरहेको बताउँदै त्यसले झन् अनिश्चितता बढाएको जनाएका छन् ।

समूहका प्रतिनिधिले वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत निकायमा ज्ञापनपत्र बुझाउँदै सरकारको प्रक्रियागत ढिलाइका कारण महिनौंदेखि प्रतीक्षामा बस्नुपरेको बताए ।

पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि गोलाप्रथाबाट बाहिरिएका योग्य उम्मेदवारलाई लैजाने अभ्यास पहिले पनि भएको थियो । अहिले पनि त्यही प्रक्रिया दोहोरिनुपर्ने उनीहरूको माग छ ।

नेपाल सरकारले इजरायली रोजगारदातासँग तत्काल समन्वय गरेर लक्की ड्रबाट जान वञ्चित रहेकालाई लैजाने वातावरण मिलाउन माग गरेका हुन् ।

हालसम्म २०८१ सालमा छनोट भएकामध्ये १ हजार ५ सयभन्दा बढी केयरगिभर इजरायल पुगिसकेका छन् ।

सामाजिक सञ्जालमा ‘स्वास्थ्य क्षेत्र’ का लागि नयाँ विज्ञापन खुल्ने कुरा फैलिन थालेपछि यसले उनीहरूमा थप असन्तोष पैदा गरेको छ । ‘हामीजस्तै प्रतीक्षारत उम्मेदवारलाई प्रक्रियाबाट बाहिर राखेर नयाँ भर्ना खोल्नु अन्याय हुनेछ,’ उनीहरूले भनेका छन् ।

यदि सरकारले योग्य तर गोलाप्रथाबाट बाहिरिएका उम्मेदवारलाई प्राथमिकता नदिई नयाँ विज्ञापन नै अघि बढाएमा कानुनी कदम चाल्न बाध्य हुने चेतावनी उनीहरूको छ ।

इजरायलले २०७८ सालमा नेपालबाट १ हजार ६ सय केयरगिभर लगेको थियो । त्यो बेला लक्की ड्रमार्फत छनोटमा परेका १ हजार १ सय ७५ र लक्की ड्रमार्फत आउट भएका करिब ५ सय जनालाई समेत लगेको थियो ।

त्यसपछि २०८१ मा दोस्रो चरण अन्तर्गत ८ सय केयरगिभरका लागि विज्ञापन आह्वान गरिएको थियो । तिनका लागि विज्ञापन आह्वान गरे पनि पछि इजरायल र श्रम मन्त्रालयबीचको समझदारीमा २  हजार जना लैजाने भन्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?