+
+
Shares

वेस्ट ब्याङ्कबाट २५ जना प्यालेस्टिनी इजरायलको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली कब्जा बलले २७ कात्तिकमा वेस्ट ब्याङ्कमा व्यापक छापा मार्दै २५ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरू अल–खलिल, नाबलुस, तुलकार्मका विभिन्न सहर र गाउँका युवा रहेका छन्।
  • अभियानले अल–कुबायबा सहरको एउटा पार्क क्षतिग्रस्त बनाएको र प्यालेस्टिनीहरूलाई त्रसित पार्न उद्देश्य रहेको बताइएको छ।

२७ कात्तिक, जेरुसेलम । इजरायली कब्जा बल (आइओएफ) ले बिहीबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी, छापा र हिंसात्मक अभियान सुरु गरी २५ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ ।

आइओएफले दक्षिणी अल–खलिलमा छापा मार्दा डुरा सहरमा १८ जना नाबलुसको दक्षिणमा बेइता र क्यारिउट गाउँहरूमा अन्य चार जना र तुलकार्मको उत्तरमा डेर अल–घुसुन सहरमा तीन जना प्यालेस्टिनी युवाहरूलाई पक्राउ गरेको प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए) ले रिपोर्ट गरेको छ ।

अभियानको क्रममा, आइओएफले जेरुसेलम (अल–कुद्स) को उत्तरपश्चिममा रहेको अल–कुबायबा सहरको एउटा पार्क क्षतिग्रस्त बनाएको बताइएको छ ।

गिरफ्तारी वेस्ट बैङ्क क्षेत्रमा इजरायली कब्जा बलले सुरु गरेको प्यालेस्टिनी नागरिक विरुद्धको अभियान तथा नीतिको कार्यन्ययनको रूपमा अगाडी बढाइएको जनाइएको छ ।

जसको उद्देश्य प्यालेस्टिनीहरूलाई त्रसिद बनाउनु उनीहरूको आवागमनलाई प्रतिबन्धित गर्नु, जीवन यापन असहज बनाई बर्हिगमनको लागि बाध्य पार्नु र कैदीहरूलाई रिहा गर्नु रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?