+
+

क्लासिक टेकमा रोजगारीको अवसर 

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १२:२२

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशैभरि विभिन्न तहमा कर्मचारी माग गरेको छ ।

क्लासिक टेकका अनुसार बजार बिक्री प्रबन्धक, कल सेन्टर, क्षेत्रीय बजार प्रतिनिधि, शाखा प्रबन्धक, फाइबर सुपरभाइजर, फाइबर टेक्निसियन, फ्रन्ट डेक्स प्रतिनिधि लगायत पदमा कर्मचारी माग गरिएको हो ।

माग गरिएका कर्मचारीहरूलाई आकर्षक तलब सुविधा, कर्पोरेट सिम कार्ड, इन्धन तथा मर्मत भत्ता, सामाजिक सुरक्षा कोष, इन्सेन्टिभ लागायतका सेवा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

मार्केटिङ तथा फाइबर पदका लागि सम्बन्धित क्षेत्रमा १ वर्ष काम गरेको अनुभव भएका उम्मेदवारलाई प्रथामिकत दिइने कम्पनीले जनाएको छ ।

थप जानकारी कम्पनीको वेबसाइटबाट लिन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?