+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुरु भयो श्रमाधान रोजगार मेला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १४:१२

१७ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सात वटै प्रदेश आयोजना हुने श्रमाधान रोजगार मेला कोशी प्रदेशबाट सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार आयोजित कार्यक्रममा उक्त मेलाको उद्घाटन गरे । मन्त्रालयका अनुसार मेला देशको सातै वटा प्रदेशमा आयोजना गरिनेछ । प्रत्येक प्रदेशमा दुई/दुई दिन सञ्चालन हुनेछ । ३० जेठमा बाग्मती प्रदेशको ललितपुरमा सम्पन्न हुने छ ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गरेर लैजानु रहेको मन्त्रालयको भनाइ छ ।

मेलालाई सिप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ ।

रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुने विश्वास गरिएको छ । विराटनगरमा सञ्चालित रोजगार मेलामा करिब ५ सय युवाले रोजगारी पाउने समेत बताइएको छ ।

श्रम मन्त्रालय र मातहतका सबै निकाय एवम् विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले पनि स्टल राख्नेछन् ।

यस्तो मेला मधेश प्रदेशको जनकपुरमा १९ र २० जेठ, गण्डकी प्रदेशको पोखरामा २१ र २२ जेठ, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ जेठ, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ जेठ, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ जेठ तथा बाग्मतीको ललितपुरमा २९ र ३० जेठमा मेला आयोजना हुनेछ ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सुरु गरेको श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम, सिप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गरिने बताए ।

श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो भाष्य बन्नु दुखद् विषय भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण बनाउन सकेमात्र रोजगारीका प्रशस्त अवसर सिर्जना हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?