+
+
Shares

कतारमा रहेका नेपालीलाई दूतावास वरपर अनुशासन पालना गर्न आग्रह

दूतावास परिसर आसपास बसोबास गर्नेहरूले असहज महसुस गरेको भन्ने गुनासो बारम्बार प्राप्त भएकाले यस्तो सूचना जारी गरिएको दूतावासले जनाएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतारको दोहास्थित नेपाली दूतावासले कार्यालय परिसरमा अनुशासन पालन गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ।
  • दूतावासले बिहान ५ बजेदेखि भिडभाड, पार्किङ र होहल्ला नगर्न सूचित गरेको छ।
  • सेवाग्राहीलाई कार्यालय समयमा मात्र सेवा लिन र बिहान ८ बजेपछि उपस्थित हुन आग्रह गरिएको छ।

२६ कात्तिक, काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले आफ्नो कार्यालय परिसरमा सेवाग्राहीहरूले अनुशासन पालन गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ।

दूतावासले जारी गरेको सूचनामा बिहान ५ बजेदेखि नै कार्यालय परिसर बाहिर भिडभाड गर्ने, खुला स्थानमा सवारीसाधन पार्किङ गर्ने, ठूलो आवाजमा कुराकानी गर्ने वा होहल्ला गर्ने कार्य नगर्न अनुरोध गरिएको छ ।

दूतावास परिसर आसपास बसोबास गर्नेहरूले असहज महसुस गरेको भन्ने गुनासो बारम्बार प्राप्त भएकाले यस्तो सूचना जारी गरिएको दूतावासले जनाएको छ ।

साथै, सम्पूर्ण सेवाग्राहीलाई कार्यालय समयमा मात्र सेवा लिन आउन र बिहानको ८ बजेपछि मात्र उपस्थित हुन आग्रह गरिएको छ । सेवासम्बन्धी कार्यका लागिमात्र उपस्थित भई अनावश्यक लामो समयसम्म बस्ने काम नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?