+
+
Shares

इराकमा रहेका नेपाली श्रमिकलाई श्रम स्वीकृति लिन आह्वान

लामो समयदेखि इराकमा काम गर्दै आएका नेपालीलाई श्रम स्वीकृति लिन आह्वान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागले इराकमा रहेका नेपाली श्रमिकलाई श्रम स्वीकृति लिन आह्वान गरेको छ।
  • मन्त्रिपरिषद्को ११ पुसको बैठकले इराकमा आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति दिने निर्णय गरेको थियो।
  • श्रम स्वीकृति पाउन राहदानी, आधिकारिक भिसा, जीवन बीमा, सामाजिक सुरक्षा कोष र करार सम्झौताको प्रमाण आवश्यक छ।

२९ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले इराकमा रहेका नेपाली श्रमिकलाई श्रम स्वीकृति लिन आह्वान गरेको छ ।

लामो समयदेखि इराकमा काम गर्दै आएका नेपालीलाई श्रम स्वीकृति लिन आह्वान गरेको हो ।

मन्त्रिपरिषद्को ११ पुसको बैठकले वैदेशिक रोजगारीका लागि इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

उनीहरूलाई नेपाल आएका बेला श्रम स्वीकृति प्रदान गर्ने निर्णय भएको थियो । सोही अनुसार श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

श्रम स्वीकृत प्राप्त गर्न विभिन्न कागजात सहित वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत आवेदन दिन अनुरोध गरिएको छ ।

त्यसका लागि कम्तीमा तीन महिना म्याद भएको राहदानी, आधिकारिक भिसा, फेमिस मार्फत म्यादी जीवन बीमा, सामाजिक सुरक्षा कोष, कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण पेस गर्नुपर्ने विभागले जनाएको छ ।

त्यस्तै रोजगारदातासँगको करार सम्झौता, इराकको अध्यागमनले पासपोर्टमा लगाएको आगमन तथा प्रस्थान छाप, अभिमुखीकरण तालिम तथा मेडिकल गरेको प्रमाण, श्रम स्वीकृति माग गर्ने व्यक्ति स्वयंको सक्कल पासपोर्ट, भिसा तथा करार सम्झौता सहित विभागमा सनाखतका लागि उपस्थित हुनुपर्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?