News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले ललितपुर सातदोबाटोमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।
- केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २१औं आउटलेट सोमबार उद्घाटन गरेको छ।
- सातदोबाटो आउटलेटले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ र २०२५ डिसेम्बरसम्म २५ आउटलेट पुर्याउने लक्ष्य लिएको छ।
२९ मंसिर, काठमाडौं । विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले ललितपुर सातदोबाटोमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।
केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले आफ्नो २१औं आउटलेट सातदोबाटोस्थित सेल्सबेरीमा सोमबार उद्घाटन गरेको हो ।
योसँगै काठमाडौं उपत्यकामा केएफसीका मात्रै १३ आउटलेट भएका छन् ।सातदोबाटो प्रवेशद्वारमा, महेन्द्र आदर्श विद्याश्रम र सेल्सबेरीको परिसरभित्र अवस्थित यो नयाँ आउटलेट चिकेनप्रेमीका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको विश्वास छ ।

‘वर्ल्ड्स बेस्ट चिकेन’ को पहिचान सहित केएफसी नेपालले आफ्ना ग्राहकलाई हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, जिन्जर बर्गर र केएफसी बकेटजस्ता स्वादिष्ट परिकार मार्फत खुसी दिने छ, जुन परिवार वा साथीभाइसँग रमाइलो गर्न उत्तम विकल्प हुने कम्पनीको भनाइ छ ।
उद्घाटनका अवसरमा आकर्षक माहोल, विशेष प्रवर्द्धन तथा रोमाञ्चक अफर राखिएका छन् ।

सातदोबाटोस्थित केएफसी आउटलेटले सरसफाइ र सुरक्षाका उच्च मापदण्ड कायम गर्न प्रतिबद्ध रहेको जनाएको छ, जसले ग्राहकलाई विश्वस्त भएर भोजन गर्ने वातावरण सुनिश्चित गर्ने छ ।
१ हजार ७ सय २५ वर्गफिटमा फैलिएको यो रेस्टुरेन्टमा ५१ जनाले एकै पटक सेवा लिन सक्ने क्षमता छ र यो दैनिक बिहान १० देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।
देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले सातदोबाटोमा खुलेको यो आउटलेट सेल्सबेरीसँगको सहकार्यमा खुलेको पहिलो भएको बताए ।
‘यो स्थानमा ग्राहकले केएफसीको उच्च माग गरेका थिए,’ उनले भने, ‘हामीले यहाँका ग्राहकलाई पहुँच सहज बनाउनका लागि नयाँ आउटलेट सञ्चालनमा ल्याएका हौं ।’

यस आउटलेटमा १५ जनालाई प्रत्यक्ष रोजगारी मिलेको छ । सन् २००९ मा नेपाल प्रवेश गरे पनि सुरुवाती वर्षमा विस्तार सुस्त थियो, दोस्रो आउटलेट २०११ मा खुलेकोमा २०१७ सम्म थप आउटलेट खुलेनन्।
तर, २०१७ पछि भने विस्तारले गति लिएको थियो । सोही वर्ष ६ देखि ७ वटा आउटलेट खुलेका थिए भने त्यसपछि हरेक वर्ष १ देखि २ आउटलेट थपिँदै गएका छन् ।
यससँगै कम्पनीले नेपालमा आफ्नो विस्तार योजनालाई निरन्तरता दिँदै २०२५ डिसेम्बरसम्म देशभरि २५ आउटलेट पुर्याउने लक्ष्य लिएको छ ।

यस्तै विस्तार योजना अन्तर्गत काठमाडौं उपत्यका बाहिर पनि नयाँ आउटलेट खोल्ने तयारी भइरहेको छ । त्यसमध्ये चितवन कुरिनटारमा केएफसी नेपालको पहिलो ‘फ्ल्यागसिप’ र ‘ग्रिन’ आउटलेट हुनेछ, जहाँ ग्रिन इलेक्ट्रिसिटी र वातावरणमैत्री उपकरण प्रयोग गरिने छ ।
ग्राहकको अत्यधिक उत्साहजनक प्रतिक्रियाले नै केएफसीको विस्तारलाई बढावा दिएको शाहको भनाइ छ । उनका अनुसार जहाँ–जहाँबाट माग आउँछ, त्यहाँ–त्यहाँ सेवा विस्तार गर्ने नीति केएफसीले लिएको छ ।
केएफसीले आफ्ना उत्पादनहरूको मूल्य तीन वर्षभन्दा बढी समयदेखि वृद्धि नगरेको पनि शाहले बताए ।

नेपाली ग्राहकको क्रयशक्ति ध्यानमा राख्दै बर्गरको मूल्य १ सय ५९ रुपैयाँबाट सुरु हुने गरी किफायती राखिएको छ । केएफसीले नियमित रूपमा विभिन्न अफर पनि ल्याउने गरेको छ ।
हरेक बुधबार ५१ प्रतिशतसम्मको छुटका साथै प्रत्येक महिना अन्तिम शनिबार र क्रिसमस तथा नयाँ वर्षका अवसरमा पनि विशेष छुट योजना लागु गर्दै आइरहेको कम्पनीले जनाएको छ।
ग्राहकले डेलिभरी सेवा र केएफसीको मोबाइल एपमार्फत पनि अर्डर गर्न सक्नेछन् ।

प्रतिक्रिया 4