
काठमाडौं । विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले काठमाडौं सीतापाइलामा नयाँ रेस्टुरेन्ट उद्घाटन गरेको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले सञ्चालन गरेको यस नयाँ रेस्टुरेन्टसँगै नेपालमा केएफसीको आउटलेट संख्या १९ पुगेको छ । जसमध्ये ११ वटा काठमाडौं उपत्यकाभित्र छन् ।
सीतापाइलाको प्रवेशद्वारमै रहेको नेक्ड एक्सप्रेस टावरभित्रको यो नयाँ रेस्टुरेन्ट चिकनप्रेमीहरूका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको विश्वास छ ।
‘वर्ल्ड बेस्ट चिकन’ को पहिचान सहित केएफसी नेपालले आफ्ना ग्राहकलाई हट एन्ड क्रिस्पी चिकन, चिकन पपकर्न, चिकन स्ट्रिप्स, जिन्जर बर्गर र आइकोनिक केएफसी बकेटजस्ता स्वादिष्ट परिकार मार्फत खुसी दिने छ, जुन परिवार वा साथीभाइसँग रमाइलो गर्नका लागि उत्तम विकल्प हुनेछ,’ कम्पनीले भनेको छ ।
उद्घाटनका अवसरमा आकर्षक माहोल, विशेष प्रवर्द्धन तथा रोमाञ्चक अफरहरू राखिएका छन्।
केएफसी सीतापाइलाले उच्चस्तरको स्वच्छता र सुरक्षा मापदण्ड कायम गर्दै ग्राहकलाई आत्मविश्वासकासाथ भोजनको अनुभव दिने उद्देश्य राखेको छ ।
१ हजार ७ सय १७ वर्गफिटमा फैलिएको यस रेस्टुरेन्टमा ४५ जनासम्म अट्ने क्षमता छ र दैनिक बिहान ११ देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4