News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन र सुरक्षा सल्लाह पालना गर्न अनुरोध गरेको छ।
- परराष्ट्र मन्त्रालयले इरानको अवस्था सामान्य नहुँदासम्म त्यहाँ जान नजाने सिफारिस गरेको छ।
- इरानमा सरकार विरोधी प्रदर्शन चर्किँदा सयौं मानिसको मृत्यु भइसकेको छ र आपतकालीन अवस्थामा दूतावासमा सम्पर्क गर्न भनिएको छ।
२९ पुस, काठमाडौं । सरकारले इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजारी’ जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो ।
इरानमा बसोबास गर्ने र काम गर्ने नेपालीलाई इरानका अधिकारीहरूले अघि सारेको सुरक्षा सल्लाह पालना गर्न, घर भित्रै बस्न, सतर्क रहन र सावधानी अपनाउन अनुरोध गरेको हो ।
परराष्ट्रले इरान जान चाहने नेपालीलाई इरानको अवस्था सामान्य नहुँदासम्म आफ्ना योजना अघि नबढाउन समेत अनुरोध गरेको छ ।
इरानमा रहेका नेपालीलाई आपतकालीन अवस्था आएको खण्डमा परराष्ट्र मन्त्रालय, काठमाडौं र दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
इरानमा हाल सरकार विरोधी प्रदर्शन चर्किंदै गएको छ । प्रदर्शनका कारण हालसम्म सयाँै मानिसको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4