+
+

वन सेवामा करियर बनाउने सोचमा हुनुहुन्छ ? खुल्यो अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १४:३६
फाइल तस्वीर

३१ जेठ, काठमाडौं । वन सेवामा करियर बनाउने तयारीमा रहेकाहरुलाई लक्षित गरी रोजगारीको अवसर खुलेको छ । लोक सेवा आयोगले बुधबार नेपाल वन सेवाको श्रेणीविहीन पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको हो । लोक सेवा आयोगका अनुसार नेशनल पार्क्स एण्ड वाइल्ड लाइफ समूह अन्तर्गत गेम स्काउट, जनरल फरेस्टी समूहमा वन रक्षकका लागि आवेदन माग गरेको हो । यसबाहेक हात्तीसारतर्फ माहुते पदका लागि समेत विज्ञापन खुलेको छ ।

यी पदहरुमा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, प्रयोगात्मक परीक्षा, लिखित र अन्तर्वार्ताका माध्यमबाट लिइने भएको छ । परीक्षाको दस्तुर प्रत्येक विज्ञापनका लागि २ सय रुपैयाँ तोकिएको छ । समावेशी समूहमा थप १ सय बुझाउनु पर्छ । फारम १९ असारसम्म नियमित र २६ असारसम्म दोब्बर दस्तुत तिरेर बुझाउन सकिने आयोगले जनाएको छ । यी पदहरुमा १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्‍गता भएकाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

कुन कुन कार्यालयमा कति जनाको माग ?

आयोगको धनकुटा कार्यालयबाट गेम स्काउट पदमा खुलातर्फ ७, महिलातर्फ २, आदिवासी/जनजाति, मधेशी र अपाङ्‍गतातर्फ १/१ जनाका लागि रोजगारी खुलेको छ । खोटाङ कार्यालयका लागि सोही पदमा खुलातर्फ १०, महिलामा ३, आदिवासी/जनजाति र मधेशीमा २/२ जनाका लागि अवसर खुलेको छ ।

जलेश्वर कार्यालयमा खुलातर्फ ९, महिलामा ३, आदिवासी/जनजातिमा २, मधेशीमा २ र दलितमा १ जनाका लागि अवसर खुलेको छ । काठमाडौं कार्यालयबाट सोही पदमा खुलातर्फ १८, महिलामा ५, आदिवासी/जनजातिमा ३, मधेशीमा ३, दलित, अपाङ्‍गता र पिछडिएको क्षेत्रतर्फ १/१ जनाका लागि आवेदन खुला भएको छ । हेटौडा कार्यालयबाट खुलामा २५, महिला र आदिवासी/जनजातिमा ६/६, मधेशीमा ४, दलितमा २, अपाङ्‍गता र पिछडिएको क्षेत्रमा १/१ जनाका लागि आवेदन माग गरिएको छ ।

पोखरा कार्यालयमा वन रक्षकका लागि खुलामा १ र आदिवासी/जनजातितर्फ १ जनाको माग भएको छ । बागलुङ कार्यालयले गेम स्काउटमा खुलामा ७, महिलामा २, आदिवासी/जनजाति र मधेशीमा २/२ जनाको माग गरेको छ । दाङले सोही पदमा खुलामा २४, महिलामा ७, आदिवासी/जनजातिमा ५, मधेशीमा ४, दलितमा २, अपाङ्‍गतामा १ र पिछडिएको क्षेत्रमा १ जनाका लागि आवेदन खुलाएको छ ।

जुम्लामा सोही पदका लागि खुलामा १५, महिलामा ४, आदिवासी/जनजाति र मधेशीमा ३/३, दलित र अपाङ्‍गतामा १/१ जनाका लागि आवेदन माग गरिएको छ । दिपायलका लागि खुलामा ४, महिला, आदिवासी/जनजाति र मधेशीमा १/१ जनाका लागि आवेदन खुलेको छ । महेन्द्रनगर कार्यालयबाट सोही पदका लागि खुलामा १६, महिला र आदिवासी जनजातिमा ४/४, मधेशीमा ३ र दलित र पिछडिएको क्षेत्रमा १/१ जनाको आवेदन खुलेको छ । माहुत पदमा मधेशी र दलितमा १/१ जनाको पुनः विज्ञापन गरिएको छ ।

के हो न्यूनतम योग्यता ?

वन रक्षक र गेम स्काउटका लागि कम्तीमा ८ कक्षा उत्तिर्ण भएको र शारीरिक तन्दुरुस्त भएको हुनुपर्ने योग्यता छ । माहुतेका लागि साधारण लेखपढ गर्न जान्ने, रुख चढ्न सक्ने र हात्ति हाँक्न सक्नु हुनुपर्छ । तन्दुरुसीका लागि दौड, रुख चढ्ने र पौडीको समेत परीक्षा हुने भएको छ । माहुत पदका लागि हात्ति बाँध्ने, खोल्ने र सामान्य रुपमा हाँक्न जान्नु पर्छ, कुची बनाउने, रुख चढ्ने र पौडी खेल्ने, घाँसको पहिचान र गद्दी तथा हौदा कस्ने गरी प्रयोगात्मक परीक्षा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?