0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि बिहीबारदेखि ७ लाख ५ हजार ५ सय कित्ता प्राथमिक सेयर निष्कासन गरेको छ ।
  • यस आईपीओमा आगामी असार २ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
  • केयर रेटिङ नेपालबाट बीबी माइनस रेटिङ पाएको सो कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.४१ रुपैयाँ रहेको छ ।

२८ जेठ, काठमाडौं । सर्वोत्तम पेन्ट्सको प्राथमिक सेयर (आईपीओ) बिहीबारदेखि आम सर्वसाधारणका लागि खुलेको छ ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको ७ लाख ५ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणका लागि आजदेखि खुलेको हो ।

यस आईपीओमा असार २ गतेसम्म आवेदन दिन सकिनेछ । न्युनतम १० तथा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर तथा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आईपीओमा आवेदन दिन सकिनेछ ।

कस्तो छ कम्पनी ?

कैलालीको अत्तरियामा कम्पनीको रजिस्टार कार्यालय रहेको छ । कम्पनीले सर्वोत्तम पेन्ट्स ब्रान्डमा विभिन्न रङ उत्पादन तथा बिक्री गर्दछ । संकलित पूँजीबाट क्षमता विस्तार गरिने कम्पनीले जनाएको छ ।

गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.४१ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ७.५८ रुपैयाँ रहेको छ । सो अवधिसम्म सञ्चित नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको छ ।

साधारण लगानी फिर्ता हुने अवधि ६.६० वर्ष रहेको छ । त्यस्तै डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ७.१० वर्ष रहेको छ । कम्पनीले केयर रेटिङ नेपालबाट बीबी माइनस रेटिङ पाएको छ । जुन रेटिङले दायित्व वहनमा कम्पनी औसत मध्यम स्तरमा रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?