+
+
Shares

कालंगा हाइड्रोपावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालंगा हाइड्रोपावरले सर्वसाधारणका लागि ४९ करोड रुपैयाँ बराबर ४९ लाख कित्ता प्राथमिक सेयर निष्कासन गरेको छ।
  • आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ र न्यूनतम १० कित्ता तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
  • कम्पनीले १५.३३ मेगावाटको कालंगागाड आयोजना सञ्चालन गरिरहेको छ र बीबी प्लस केयर रेटिङ पाएको छ।

८ जेठ, काठमाडौं । आम सर्वसाधारणका लागि शुक्रबारदेखि कालंगा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले सर्वसाधारण समूहमा जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्दैछ ।

जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका नेपाली, म्युचुअल फन्ड, कर्मचारी लगायतलाई निष्कासनपश्चात बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर आम सर्वसाधारणलाई निष्कासन भएको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कस्तो छ कम्पनी ?

केयर रेटिङबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ । जसले दायित्व वहनमा मध्यम जोखिम रहेको संकेत गर्दछ । बझाङमा कम्पनीले १५.३३ मेगावाटको कालंगागाड आयोजना बनाएको छ ।

जसको कुल लागत ४ अर्ब ३३ करोड तथा प्रतिमेगावाट लागत २८ करोड ३० लाख रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १८.०१ वर्ष रहेको छ ।

गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५३ पैसा छ । त्यस्तै सञ्चित नाफा ४ करोड ६२ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?