News Summary
Generated by OK AI. Editorially reviewed.- सानीगाड हाइड्रो कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि कुल ४६ लाख ७४ हजार कित्ता प्राथमिक सेयर निष्कासन खुला गरेको छ।
- इच्छुक लगानीकर्ताले २१ जेठसम्म न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
- यस कम्पनीले बझाङमा ८ अर्ब ६८ करोड रुपैयाँ लागतको ३८.४ मेगावाट क्षमताको सानीगाड हाइड्रोपावर आयोजना सञ्चालन गर्नेछ।
१८ जेठ, काठमाडौं । सानीगाड हाइड्रो कम्पनीले आम सर्वसाधारणका लागि सोमबारदेखि प्राथमिक सेयर (आईपीओ) खुलाएको छ ।
कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजीको ३० प्रतिशत अर्थात् कुल ८५ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन लागि अनुमति पाएको हो । कम्पनीको जारी पूँजी २ अर्ब ८५ करोड रहेको छ ।
जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका स्थानीय, कर्मचारी, म्युचुअल फन्ड लगायतलाई छुट्याएपछि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि सोमबारदेखि खुलेको हो ।
बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । क्यापिटलका अनुसार न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
जेठ २१ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय वा अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
कस्तो छ कम्पनी ?
कम्पनीले बझाङमा ३८. ४ मेगावाट क्षमताको सानीगाड हाइड्रोपावर (माथिल्लो कालंगागाड) आयोजना सञ्चालन गर्नेछ । जसको कुल लागत ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।
प्रतिमेगावाट लागत २२.५८ करोडको अनुमान छ । कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ पाएको छ । गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ । प्रतिसेयर आम्दानी ८.६५ रुपैयाँ रहेको छ । त्यस्तै सञ्चित नाफा २६ करोड ३७ लाख रुपैयाँ छ ।
प्रतिक्रिया 4