+
+

सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम ब्याज खान होइन : श्रममन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १७:५७

११ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताएका छन् ।

सोमबार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रम मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

सामाजिक सुरक्षाको अवधारणाका धेरै मुलुकमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको उनले बताए ।

उनले कोषमा जम्मा भएको रकम परिचालन विविधीकरण गरेर राष्ट्रिय पूँजीको रुपमा निर्माण गरी राष्ट्र निर्माणका लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए । सुरक्षा कोषले लगानीलाई उपयुक्त रुपमा परिचालन गर्ने उनको भनाइ छ ।

उनले प्रधानमन्त्रीले अस्थायी र करारका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षामा आवद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको बताए । मन्त्री भण्डारीले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाएको त्यसलाई सरकारले अगाडि बढाएर निश्चित बाटोमा अगाडि बढाउने बताए ।

श्रम ऐनमा दिएका अधिकारहरु प्रयोग गरेर श्रम मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउने काममा प्रतिबद्ध रहेको उनले बताए ।

उनले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विषयमा रहेका कानुनी कमी–कमजोरीहरुलाई सहकार्य गरेर कार्यविधि सुधार गर्दै लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?