पहलगाम घटनाका जिम्मेवारहरुविरुद्धको कारबाही भन्दै भारतले मध्यराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीले ‘यसको जवाफ दिइने’ बताएका छन् ।
भारतको हवाई आक्रमणपछि जम्मु कश्मिरको एक जिल्ला पुंछमा देखिएको दृश्य । तस्वीरः पुनित परांजपे, एएफपी
२४ वैशाख, काठमाडौं । भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर कम्तिमा ३० जना मारिएका छन् । कयौं घाइते भएका छन् ।
भारतले दुई साताअघि एक नेपालीसहित २६ जना भारतीय नागरिकको जम्मु कश्मिरको वैसरण उपत्यकामा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ गरिएको भनेको छ । भारतीय सेनाले ‘न्याय दिइएको’ भन्दै संक्षिप्त प्रतिक्रिया दिएको छ ।
भारतको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय सैन्य बलहरुले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आतंकवादी संरचनाहरुलाई लक्षित गरेर अपरेशन सिन्दुर चलाएका छन्, जहाँबाट भारतविरुद्ध आतंकवादी हमलाको योजना बनाइएको थियो र निर्देशन दिइएको थियो ।’
तर, पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै जवाफ दिइने बताएका छन् । यसपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ ।
पाकिस्तानका सुरक्षाकर्मीहरुले लाहोरबाट करिब ३० किलोमिटर टाढा पर्ने मुरिद्केमा रहेको सरकारी स्वास्थ्य तथा शैक्षिक परिसरको भत्किएको भवनको निरीक्षण गरिरहेका छन्। तस्वीरः मुर्तज अली, एएफपीसुरक्षाकर्मीहरूले पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादमा मे ७, २०२५ मा भएको एक आक्रमणस्थल नजिकको सडक घेराबन्दी गरेका छन्, जबकि स्थानीय बासिन्दाहरू आफ्नो घर खाली गरिरहेका छन्। तस्वीरः सज्जाद कय्यूम, एएफपी
मानिसहरूले २०२५ मे ७ मा भारतीय प्रशासन अन्तर्गतको कश्मीरको मुख्य सहर श्रीनगर नजिक वुयानमा विमानको टुक्रा भेटेका छन्। पाकिस्तानी अधिकारीहरुले भारतका केही लडाकु विमानहरु खसाएको बताएका छन् । तर, त्यो टुक्रा के हो भन्ने स्पष्ट भइसकेको छैन । तस्वीरः तौसीफ मुस्तफा, एएफपी
सशस्त्र अर्धसैनिक बलका सैनिकहरूले २०२५ मे ७ मा भारतले आक्रमण गरेपछि लाहोरबाट करिब ३० किलोमिटर टाढा पर्ने मुरिद्केमा रहेको सरकारी स्वास्थ्य तथा शैक्षिक परिसरको क्षतिग्रस्त भवनको निरीक्षण गरिरहेका छन्। तस्वीरः आरिफ अली, एएफपीएक ट्रकले लाहोरबाट करिब ३० किलोमिटर टाढा रहेको मुरिद्केमा सडक हुँदै सेनाको एउटा ट्याङ्क बोकेको छ। तस्वीरः मुर्तज अली, एएफपीकराँचीको अन्तर्राष्ट्रिय विमानस्थलमा सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द भएपछि यात्रुहरू बाहिर अलपत्र छन्। तस्वीरः आसिफ हसन, एएफपी
ट्रकहरूले लाहोरबाट करिब ३० किलोमिटर टाढा रहेको मुरिद्केमा सडक हुँदै सेनाका ट्याङ्कहरू ढुवानी गरिरहेका छन्। तस्वीरः मुर्तज अली, एएफपी
भारतले हवाई आक्रमण गरेको सम्बन्धी समाचार पाकिस्तानको अखबार डाउनमा पढ्दै कराँचीका स्थानीय । तस्वीरः रिज्वान तबसुम, एएफपीश्रीनगर नजिक वुयानमा तैनाथ भारतीय सुरक्षा अधिकारीहरु । तस्वीरः तौसरिफ मुस्ताफा, एएफपीसुरक्षाकर्मीको अगाडिबाट हिँड्दै एक जना कश्मिरी महिला । तस्वीरः सज्जाद हुसेन, एएफपीभारतको हवाई आक्रमणपछि पाकिस्तान प्रशासित पुंछ जिल्लामा देखिएको धुँवा । तस्वीरः पुनित पाराजन्पे, एएफपी
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
प्रतिक्रिया 4