+
+

कोरिया जान परीक्षा उत्तीर्ण गरेका सबै नेपालीलाई लैजान राजदूतसँग श्रममन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते २१:१२

२५ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका सबै नेपालीलाई लैजान कोरियाली राजदूतसँग आग्रह गरेका छन् ।

बिहीबार नेपालका लागि कोरियाली राजदूत पार्क ताई योङसँग भेट गर्र्दै उनले कोरिया जान सबै चरण पूरा गरी उडान पर्खाइमा रहेका कामदारलाई छिटो, सरल र सहज ढंगबाट लैजान आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

उनले राजदूत योङसँग आगामी दिनमा कामदारको माग संख्या बढाउन पहल गर्नुपर्ने समेत बताए । कोरिया भाषा उत्तीर्ण गरेका, तयारीमा रहेका, विगतमा रोस्टरमा नाम परेका तर कोरिया जान नपाएका व्यक्ति समेतलाई लक्षित गरी आगामी दिनमा विशेष व्यवस्था गर्न पनि उनले आग्रह गरे ।

भेटमा कोरियाली राजदूत योङले नेपाली कामदारको उच्च कदर गर्दै नेपालबाट निरन्तर कामदार लैजाने र थप लैजाने विषयमा आफू सकारात्मक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?