+
+
Shares

रवाफ देखाउन पनि जरुरी छ, किन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १६:०५

कसैको बोलीमा वजन, हिँडाइमा आत्मविश्वास र उपस्थितिमा यस्तो आभास हुन्छ कि सबैको नजर उसैमा अडिन्छ । यो एक किसिमको ‘रबैया’ हो । जुन व्यक्तिलाई भीडमा चम्काउँछ । तर, ‘रबैया’ सधैं सकारात्मक हुँदैन; कहिलेकाहीँ यसले अहंकार वा देखावटीलाई पनि झल्काउँछ । जसले वातावरण र माहोल नै बिगार्न सक्छ ।

के रबैया पनि राम्रो नराम्रो हुन्छ ?

रबैया मनको सोच, भावना, र व्यवहारको मिश्रण मनोवृत्ति हो ।

संज्ञानात्मक : यो हाम्रो विश्वास र विचारसँग सम्बन्धित छ। उदाहरणका लागि, यदि कसैले सोच्छ कि ‘कडा परिश्रमले सफलता प्राप्त हुन्छ,’ यो उनको संज्ञानात्मक मनोवृत्ति हो।

भावनात्मक : यो हाम्रो भावनासँग जोडिएको हुन्छ। उदाहरणका लागि, कसैलाई आफ्नो कामप्रति सकारात्मक भावना छ भने, उनीहरू उत्साहित र खुसी हुन्छन्।

व्यवहारिक : यो हाम्रो मनोवृत्तिले हाम्रो कार्यलाई कसरी प्रभावित गर्छ भन्ने कुरा हो । यदि कसैको सकारात्मक मनोवृत्ति छ भने, उनीहरू समस्याहरूको समाधान खोज्न प्रेरित हुन्छन् ।

यी तत्वहरूले मिलेर हाम्रो मनोवृत्तिको स्वरूप निर्धारण गर्छन् । सकारात्मक मनोवृत्तिले हामीलाई प्रेरणा र आत्मविश्वास दिन्छ भने नकारात्मक मनोवृत्तिले निराशा र असफलतातिर धकेल्न सक्छ ।

रबैया व्यक्तिको आत्मविश्वास, शैली, र प्रभावशाली व्यक्तित्वसँग जोडिन्छ । यो सामाजिक, व्यावसायिक वा व्यक्तिगत जीवनमा देखा पर्छ ।

उदाहरणका लागि, कुनै नेताले आफ्नो भाषणमा आत्मविश्वास र प्रभावशाली ढंगले प्रस्तुति दिँदा उनको रवाफले श्रोताहरूलाई प्रभावित गर्छ ।

यस्तो रवाफ सकारात्मक हुन्छ किनभने यसले नेतृत्व र विश्वसनीयता झल्काउँछ ।

तर, यदि कुनै व्यक्ति आफ्नो धन, पद वा शक्तिको आधारमा अनावश्यक देखावटी गर्छ भने त्यस्तो रवाफ नकारात्मक मानिन्छ ।

सकारात्मक रबैया भए जिन्दगी सहज भइदिन्छ ।

तर, नकारात्मक रबैया भए जिन्दगी बोझिलो लाग्न सक्छ । रबैया बिना जिन्दगी भनेको चिया बिना चिनी जस्तो-स्वादहीन हुन्छ । यो रबैया नै हो, जसले हामीलाई जिन्दगीको हरेक मोडमा साथ दिन्छ ।

नेपाली समाजमा, रवाफलाई प्रायः धन, शक्ति वा सामाजिक हैसियतसँग जोडेर हेरिन्छ, जसले कहिलेकाहीँ सामाजिक असमानता वा तनाव निम्त्याउँछ ।

सकारात्मक रबैयाका फाइदा

साहस दिन्छ

सकारात्मक रबैया भए तपाईं कठिन बाटोमा पनि हाँस्दै अगाडि बढ्न सक्नुहुन्छ । उदाहरणका लागि, नेपालका चर्चित पर्वतारोही पासाङ ल्हामु शेर्पाले सगरमाथा चढ्ने सपना देखिन् । उनको सकारात्मक रबैया नभएको भए, उनले त्यो कठिन काम पूरा गर्ने थिइनन् ।

स्वास्थ्यका लागि

अध्ययनले भन्छ, सकारात्मक रबैया भएका मान्छे कम तनावमा हुन्छन्, रोगसँग लड्ने शक्ति बढ्छ । र, लामो समय बाँच्छन् । जस्तै, हाँस्दा तपाईंको मन र शरीर दुवै आनन्दित हुन्छ ।

सकारात्मक रवैयाले तनाव कम गर्छ, किनभने यसले कोर्टिसोल हार्मोनको स्तर घटाउँछ, जसले मुटु रोग र मधुमेहको जोखिम कम गर्छ । यो रवैयाले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ, किनकि डोपामिन र सेरोटोनिनले टी–सेल र एनके–सेललाई सक्रिय बनाउँछ ।

सकारात्मक सोचले टेलोमेयरको लम्बाइ जोगाउँछ, जसले बुढ्यौली रोकेर आयु बढाउँछ । यसले मस्तिष्कको लिम्बिक सिस्टमलाई सन्तुलित राख्छ, रक्तचाप र पाचन सुधार्छ । सकारात्मक व्यक्तिहरूले स्वस्थ जीवनशैली अपनाउँछन्, जस्तै व्यायाम र सन्तुलित खाना, जसले स्वास्थ्यलाई थप बलियो बनाउँछ ।

साथी बनाउने मन्त्र

सकारात्मक रबैया भएका मान्छेसँग सबैले समय बिताउन मन पराउँछन् । यस्ता मान्छेले टिममा पनि राम्रो काम गर्छन् ।

धैर्यवान बनाउँछ

सकारात्मक रबैया भएसमस्यालाई ‘यो त ठूलो कुरा होइन, हल गरौँला’ हेरिन्छ । उदाहरणका लागि, यदि तपाईंको चिया पोखियो भने, नकारात्मक रबैया भए रिसाउनुहुन्छ, तर सकारात्मक रबैया भए ‘अर्को कप बनाउँछु’ भन्न सकिन्छ । रिसाउँदा माहोल बिग्रिन्छ भने धैर्य हुँदा माहोल मिठासपूर्ण भइरहन्छ ।

सपना पूरा गर्न अघि सार्छ

सकारात्मक रबैया भए तपाईं आफ्नो लक्ष्यमा अडिग रहनुहुन्छ । जस्तै, नेपालका गौरिका सिंह, जो सानै उमेरमा ओलम्पिकमा पुगिन्, उनको रबैया नकारात्मक भएको भए यो सम्भव हुने थिएन ।

सकारात्मक रबैया सधैं राम्रो हुन्छ

सकारात्मक रबैया धेरैजसो राम्रो हुन्छ, तर कहिलेकाहीं अति सकारात्मकताले पनि नोक्सान गर्न सक्छ । जस्तै, यदि तपाईं सधैं ‘सबै ठीक छ’ वा मन नभए पनि सबैलाई हुन्छ भन्दै समस्यालाई बेवास्ता गर्नुहुन्छ भने, त्यो गलत हो ।

उदाहरणका लागि, यदि कसैले जर्बरजस्ती कुनै काम गराउँदैछ भने नाईँ भन्न सक्नुभएन भने त्यो काम गर्दा मज्जा पनि आउँदैन । प्रतिफल राम्रो नहुन पनि सक्छ । त्यसले दिमागलाई बोझ दिन्छ ।त्यसैले, सकारात्मक रबैया सन्तुलित हुनुपर्छ ।

नकारात्मक रबैया हानिकारक

नकारात्मक रबैया भनेको जिन्दगीको गाडीमा ब्रेक लगाउनु जस्तो हो। यसले आत्मविश्वास हराउँछ । ‘म सक्दिन’ भन्ने सोचले अगाडि बढ्न दिँदैन। धेरै तनाव, चिन्ता, र डिप्रेसन नकारात्मक रबैया कै कारण हुन्छ ।

नकारात्मक रबैया भएको व्यक्ति सानो कुरामा पनि रिसाउने वा गनगन गर्ने र ठुस्स परेर बस्ने गर्छन । यसले न त माहौल बनाउँछ । न त साथीभाइले रुचाउँछन् । नकारात्मक मनोवृत्ति भएका व्यक्तिहरूसँग अरूले समय बिताउन मन पराउँदैनन् ।

यसले व्यक्ति आफू पनि खुसी रहँदैन । जसले तनाव, चिन्ता, र डिप्रेसन नकारात्मक मनोवृत्तिका परिणाम हुन सक्छन् । नकारात्मक मनोवृत्ति भएका व्यक्तिहरूसँग अरूले समय बिताउन मन पराउँदैनन् । नकारात्मक सोचले व्यक्तिलाई नयाँ अवसरहरू ग्रहण गर्नबाट रोक्छ ।

रबैया कसरी सुधार गर्ने ?

मनोवृत्ति जन्मजात हुँदैन । यो समयसँगै विकास हुन्छ र परिवर्तन गर्न सकिन्छ।

-आफ्नो सोच र व्यवहारलाई नियमित रूपमा मूल्यांकन गर्ने ।

-आफ्नो नकारात्मक सोचलाई पहिचान गरी त्यसलाई सकारात्मक बनाउने प्रयास गर्ने ।

-सकारात्मक व्यक्तिहरूसँग समय बिताउने ।

-प्रेरणादायी किताबहरू पढ्ने र सकारात्मक सन्देशहरू सुन्ने ।

-हरेक दिन आफूसँग भएको कुराको लागि कृतज्ञता व्यक्त गर्ने ।

-यसले सकारात्मक दृष्टिकोण विकास गर्ने ।

-ध्यान र योगले मानसिक शान्ति प्रदान गरी नकारात्मक सोचलाई कम गर्छ ।

-साना–साना लक्ष्यहरू बनाउन सकिन्छ । र तिनलाई प्राप्त गर्न प्रयास गर्ने । यसले आत्मविश्वास र सकारात्मकता बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?