+
+
Shares

बैंकिङ कसुर मुद्दामा १ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० बस्ने ४७ वर्षीय अमीत अग्रवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वयम्भूबाट मंगलबार पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १८:४२

२३ वैशाख, काठमाडौं । बैंकिङ कसुरको मुद्दामा एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० बस्ने ४७ वर्षीय अमीत अग्रवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वयम्भूबाट मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका अग्रवाललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

उनीविरुद्ध २२ जेठ २०८० मा बैंकिङ कसुरको मुद्दामा ३० दिन कैद र एक करोढ ५० लाख जरिवानाको फैसला भएको थियो ।

त्यसैगरी २१ असार २०८० मा चेक अनादार मुद्दामा तीन हजार जरिवानाको फैसला सुनाइएको थियो । २४ फागुन २०८० मा चेक अनादारकै चार हजारको फैसला सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?