+
+
Shares

उद्योगी राठीलाई चिया तथा कफी विकास बोर्डको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

कृषि तथा पशुपन्छी विकासमन्त्री एवं बोर्ड अध्यक्ष रामनाथ अधिकारी र बोर्ड कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाइ दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १८:५४

२३ वैशाख, काठमाडौं । ६ दशकदेखि चियारोपण, प्रशोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी रामकुमार राठीलाइ सरकारले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ ।

राठीलाइ ‘२९औं राष्ट्रिय चिया दिवस’ का अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री एवं बोर्ड अध्यक्ष रामनाथ अधिकारी र बोर्ड कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाइ दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

राठी नेपालको पहिलो टि टेस्टर (चिया परीक्षक) हुन् । उनले टेस्टिङ प्लान्टेसन एन्ड म्यानुफ्याक्चरिङमा स्नातकोत्तर गरेका छन् । २५ वर्षको उमेरमा चीन गएका बेला त्यहाँको टि टेस्टिङ हेरेपछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए । चीनबाट फर्केलगत्तै राठी इलाम टि गार्डेन पुगेर त्यहाँ प्रबन्धकका रूपमा कार्यरत बेलायती नागरिक प्रोसरबाट चियाबारे आधारभूत ज्ञान लिए ।

सन् १९६८ देखि १९७० सम्म डीसी घोष एन्ड कम्पनी प्रालि कोलकाताको एक व्यापारिक प्रतिष्ठानमा टि टेस्टर तालिम लिएर अभ्यास गरी नेपाल फर्किए । उनले १९७२ मा आरके ओभेरसिज कम्पनी स्थापना गरेर चिया निर्यात गर्न थाले । त्यतिबेला उनी इलामको चिया बजारीकरण गर्न जर्मनी, डेनमार्क, स्विडेन, हल्यान्ड, बेलायत, फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, इजिप्ट र इरानसम्म पुगेका थिए । त्यसपछि उनको निर्यात व्यापारमा गुणात्मक वृद्धि हुन थाल्यो ।

२०३३ सालमा हिमाल चिया उद्योग प्रालि स्थापना गरेका राठीले २०४६ सालमा पहाडी भेगमा नेपालभरिमा निजी क्षेत्रबाट चिया उत्पादन गर्ने पहिलो कारखाना इलाम मालुममा हिमालयन रेन्ज चिया उद्योग प्रालि स्थापना गर्न सफल भएका थिए । उनले २०६३ सालमा झापा हल्दीबारीमा सीटीसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योग स्थापना, २०७२ मा इलामको शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने हिमालयन भ्याली प्रालि उद्योग स्थापना गरे । हाल उनले ‘राकुरा’ ब्रान्डमा सीटीसी र अर्गानिक चिया उत्पादन, निर्यात गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?