+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भूमिहीनहरूले छिट्टै जग्गामा आफ्नो अधिकार प्राप्त गर्नेछन् : शंकर पोखरेल

‘अब यो प्रक्रिया कसैले रोकेर पनि रोकिने छैन,’ उनले भने, ‘छिट्टै भूमिहीनहरूले जग्गामा आफ्नो अधिकार प्राप्त गर्नेछन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १८:४६

२३ वैशाख, टिकापुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशविरूद्ध माओवादीसहितका दलहरू उभिएका कारण समस्या हल हुन नसकेको बताएका छन् ।

मंगलबारदेखि टिकापुरमा सुरू भएको भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसद्‍मा भूमिहीनको पक्षमा चर्का कुरा गर्ने तर समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशको विरोधमा उत्रिएको आरोप लगाए ।

‘माओवादी अध्यक्ष संसद्‍मा भूमिहीन सुकुमवासीको पक्षमा चर्का कुरा गर्नुहुन्छ । तर, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याउँदा विरोध गरे,’ उनले भने, ‘माओवादी, एकीकृत समाजवादी पार्टी र मधेशवादी दलहरू त्यसविरुद्ध खडा भएका कारण समस्या समाधान हुन सकेन ।’

उनले अध्यादेश जारी भएको भए भूमिहीन समस्याको समाधान प्रक्रियामा गइसक्ने दाबी गरेका छन् । तर, अब भने प्रक्रिया नराकिने बताए ।

‘अब यो प्रक्रिया कसैले रोकेर पनि रोकिने छैन,’ उनले भने, ‘छिट्टै भूमिहीनहरूले जग्गामा आफ्नो अधिकार प्राप्त गर्नेछन् ।’

पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गठन भएको भूमि आयोगलाई अदालतमा मुद्दा हालेर काम गर्न नदिएको पनि बताए ।

उनले अब एमालेकै सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?