+
+

अभिमुखीकरण तालिम नलिई विदेश जाने कामदार संख्या शून्यमा झार्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १९:२६
फाइल तस्वीर

१२ माघ, काठमाडौं । विदेश जाँदा अभिमुखीकरण तालिममार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचना नपाई वैदेशिक रोजगारीमा जाने कामदार संख्या शून्यमा झार्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शुक्रबार आयोजित अन्तक्रियाले उक्त निर्णय गरेको मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए ।

बैठकले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिएर प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाउने निर्णय सरोकारवालाले गरेका छन् ।

पोखरेलका अनुसार वैदेशिक रोजगार विभाग तथा अन्य निकायले अब अनुगमन कार्यलाई तीव्रता दिने र यसमा प्रविधि प्रयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

स्वास्थ्य परीक्षणसँग सम्बन्धित संस्थाले एक महिनाभित्र सम्पूर्ण अपुग पूर्वाधार अनिवार्य पूरा गर्ने व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ ।

यी प्रतिबद्धता कार्यान्वयनमा वैदेशिक रोजगार व्यवसायी संघले सहयोग गर्ने निर्णय भएको सहसचिव पोखरलले जानकारी दिए ।

उनका अनुसार आजको अन्तरक्रियामा मन्त्रालय, विभाग, वैदेशिक रोजगार बोर्ड, संघ तथा तालिम सेवा प्रदायक संस्थाका प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?