News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनको दक्षिणपन्थी पिपुल्स पार्टीले संसदीय चुनावमा विजय दाबी गर्दै भोक्ससँग मिलेर सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने संकेत देखिएको जनाएको छ।
- ८० प्रतिशतभन्दा बढी मतगणनामा पीपीले कम्तीमा १३३ र भोक्सले ५१ सिट जितेका छन्, जसले १७६ सिटको बहुमत पार गर्न सक्ने देखिएको छ।
- प्रधानमन्त्री पेद्रो सान्चेजले चुनावी जितका लागि पीपी नेता अल्बर्टो नुनेज फेइजोलाई फोन गरेर बधाई दिएका छन्।
१४ मंसिर, काठमाडौं । स्पेनको दक्षिणपन्थी पिपुल्स पार्टी (पीपी) ले संसदीय चुनावमा विजय हासिल गरेको दाबी गरेको छ ।
निर्वाचनको मतगणना जारी रहँदा पीपी र दक्षिणपन्थी दल भोक्स मिलेर सरकार गठन गर्न आवश्यक बहुमत जुटाउने संकेत देखिएको छ ।
बीबीसीका अनुसार ८० प्रतिशतभन्दा बढी मतगणना भइसकेको अवस्थामा पीपीले कम्तीमा १३३ र भोक्सले ५१ सिट हासिल गरेका छन् । दुवै दलले गठबन्धन बनाएमा सरकार गठनका लागि आवश्यक १७६ सिटको बहुमत पार गर्नेछन् ।
यससँगै वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजको सत्ता गुम्ने सम्भावना बढेको छ ।
पीपीले आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत चुनाव जित्ने र पार्टी नेता अल्बर्टो नुनेज फेइजो स्पेनको प्रधानमन्त्री बन्ने दाबी गरेको छ ।
स्पेनी प्रसारण संस्था आरटीभीईका अनुसार वर्तमान प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता पेद्रो सान्चेजले चुनावी जितका लागि फेइजोलाई फोन गरेर बधाई दिएका छन् ।
निर्वाचनमा ७८ प्रतिशतभन्दा बढी मतदान भएको छ । यो मतदान दशकौँयताकै उच्च सहभागिता मानिएको छ । अघिल्लो निर्वाचनको तुलनामा पनि यस पटक मतदानमा उल्लेख्य वृद्धि भएको छ ।
चुनावी परिणाम आफ्नो पक्षमा आएको खुसियालीमा पीपी र भोक्स दलका कार्यकर्ताहरुले ठाउँ-ठाउँमा जुलुस निकालिरहेका छन् ।
प्रतिक्रिया 4