+
+

एयर ट्राफिक कन्ट्रोलर बन्ने सपना छ ? खुल्यो अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १२:४५
फाइल तस्वीर

१२ जेठ, काठमाडौं । तपाईं एयर ट्राफिक कन्ट्रोलर बन्ने सपना देखिरहनु भएको छ ? त्यसो हो भने एकसाथ १६ जनाका लागि अवसर खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले आधारभूत एटीएस–००७ तालिमका लागि दरखास्त आह्वान गरेको छ ।

प्रतिष्ठानले सञ्चालन गर्ने बेसिक एयर ट्राफिक सर्भिस कोर्ष तालिमका लागि १६ जना प्रशिक्षार्थी छनोट गर्न लागिएको हो । १२ जेठदेखि २१ दिन भित्र दरखास्त दिन सकिने छ । खुलातर्फ ९ जना, महिलाका लागि २ जना, आदिवासी/जनजातितर्फ २ जना, मधेशी कोटामा २ जना र दलित कोटामा १ जनाका लागि दरखास्त खुलेको हो ।

परीक्षा दस्तुर १२ सय रुपैयाँ तोकिएको छ । विज्ञान वा आईटी (सूचना प्रविधि) वा व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातक तहमा कम्तीमा द्वितीय श्रेणी वा सीजीपीए २.५ प्राप्त गरेको हुनुपर्छ । उमेरको हकमा २१ वर्ष उमेर पुरा भएर २७ वर्ष ननाघेको हुनुपर्ने प्राधिकरणले जनाएको छ । लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुने समेत प्राधिकरणको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?