+
+
Shares

सर्वोच्चमा फेरि कसरी लाग्यो आगो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतको निर्माणाधीन भवनमा मुद्दा फाँगको मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।
  • आगलागीमा एउटा टेवल र तीन थान कम्प्युटर जलेका छन् भने मिसिलहरू नजलेको प्रवक्ता अर्जुन कोइरालाले बताए ।
  • प्रहरी र दमकलको टोलीले आगो नियन्त्रणमा लिएको थियो, र सर्वोच्चमा १७ भदौमा पनि आगलागी भएको थियो ।

३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ । अदालतको निर्माणधीन भवनमा आगलागी भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको हो । ‘मुद्दा फाँगको मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको छ । बन्द कोठाभित्र आगो लागेको हो । ठूलो क्षति भएको होइन’ प्रवक्ता कोइरालाले भने ।

उनका अनुसार आगलागीबाट एउटा टेवल, तीन थान कम्प्युटर जलेका छन् । मिसिलहरू भने नजलेको उनले बताए ।

आगलागीको खबर पाउनासाथ प्रहरी तथा दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतमा यसअघि १७ भदौमा पनि आगलागी भएको थियो । त्यतिबेला अभिलेख शाखामा आगलागी भएको थियो ।

१७ भदौको घटनामा छानबिन चलिरहेका बेला अहिले फेरि अर्को आगलागी भएको छ । यसअघि जेनजी आन्दोलनमा समेत सर्वोच्चमा आगजनी हुँदा ठूलो क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?