News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदबाट आइतबार अवकाश भएका छन् ।
- उनी उपचारका क्रममा केही महिनादेखि बिदामा रहेका थिए र फेसबुकमा न्याय सेवामा सक्रिय रहने सन्देश प्रकाशित गरेका छन् ।
- श्रेष्ठ साउन २०४४ मा न्यायसेवामा प्रवेश गरेर चैत २०७८ देखि सर्वोच्च अदालतमा न्यायाधीश थिए ।
१५ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदबाट अवकाश भएका छन् । उपचारका क्रममा केही महिनादेखि बिदामा रहेका उनले आइतबारदेखि अवकाश लिएका हुन् ।
आइतबार बिहान फेसबुकमा एक सन्देश प्रकाशित गर्दै अवकाशप्राप्त न्यायाधीश श्रेष्ठले आफू पदबाट अवकाश भएपछि न्याय सेवामा सक्रिय रहने बताएका छन् ।
साउन, २०४४ मा न्यायसेवामा प्रवेश गरेका श्रेष्ठ चैत, २०७८ देखि सर्वोच्च अदालतमा न्यायाधीश थिए । छिटोछरितो न्यायसम्पादनको पक्षपाती उनले मुद्दा व्यवस्थापन र पुराना मुद्दा फर्स्यौटलाई प्राथमिकतामा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4