+
+

‘वैदेशिक रोजगारीका लागि असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्नू’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १७:२३

१२ साउन, काठमाडौं । वैदेशिक रोजगारीका लागि असम्बिन्धत व्यक्तिको प्रलोभनमा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ ।

पछिल्लो समय आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगात युरोपियन श्रम गन्तब्य मुलुकमा रोजगारी दिने बाहनामा लाखौं ठगी भइरहेको खबर सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो । यसबारे सूक्ष्म अध्ययन समेत भइरहेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जान नेपाल सरकारले खुला गरेको मुलुकमा कानुनतः तीन प्रकारले मात्र जान सकिने भन्दै सो भन्दा अतिरिक्त प्रक्रियाबाट जान खोज्दा हुने जोखिमतर्फ मन्त्रालयले सचेत गराएको हो । जीटूजी सम्झौता, वैदेशिक रोजगार विभागमा दर्ता भई अध्यावधिक भएको इजाजत प्राप्त संस्था व्यक्तिगत श्रम स्वीकृति लिएर यी मुलुकमा जान सकिन्छ ।

इजाजत प्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलव, सेवा सुविधा, आवश्यक सीप तालिम, रोजगारदाताले तोकेको सेवा शुल्क र फ्री भिसा फ्री टिकेटको प्रावधानबारे संस्थामा आफैं उपस्थित भएर जानकारी लिन वा वैदेशिक रोजगार विभागबाट यकिन गर्न समेत मन्त्रालयले सचेत गराएको छ ।

अनाधिकृत व्यक्ति वा संस्थाले सञ्चारमाध्य तथा सामाजिक सञ्जालमा राखेको सूचनामा विश्वास नगर्न भन्दै मन्त्रालयले सूचित गरेको छ । ठगि नियन्त्रण गर्न प्रहरी, रोजगार कार्यालय, मन्त्रालयमा खबर गर्न समेत मन्त्रालयले सरोकारवालासँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?