+
+

सुरक्षित आन्तरिक रोजगारी सरकारको प्राथमिकता : श्रममन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १७:०८

२८ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले मुलुक बन्न मुलुकभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताए ।

रोजगारी सृजना गर्न निजी क्षेत्रलाई संरक्षण सहित प्रोत्साहन गर्नुपर्ने उनले बताए । ‘सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ,’ उनले भने ।

निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न मन्त्रालय सधै तयार रहेको पनि उनले स्पष्ट पारे । आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिएको उनको भनाइ छ ।

‘मन्त्रालय अन्तर्गत भैंसेपाटीमा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान छ । जहाँ हामीले ६ महिना भन्दा कम अवधिको भोकेसनल तालिम प्रदान गर्ने योजना बनाएका छौं । त्यस्तै शिक्षा मन्त्रालय अन्र्तगत रहेको सीटीईभीटीसँग पनि समन्वय गरी हरेकलाई सिप सिकाउनु पर्छ भन्नेमा हामी छौ,’ उनले भने ।

आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहन्छ भने पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?