+
+

इजरायल रोजगारीमा जाने प्रक्रिया छरितो बनाउने श्रममन्त्रीको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १७:००

२ चैत, काठमाडौं । नेपालीलाई इजरायलमा रोजगारीका लागि पठाउने प्रक्रिया छिटो–छरितो बनाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताएका छन् ।

शुक्रबार नेपालका लागि इजरायली राजदूत हनान गोडेरबीच भएको भेटमा मन्त्री अर्यालले यस्तो आश्वासन दिएका हुन् ।

भेटमा द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ । अहिले जीटुजी प्रक्रियाबाट केयर गिभरका रुपमा नेपाली श्रमिकहरु इजरायल गइरहेकोका छन् ।

भविष्यमा निर्माण, पर्यटन, कृषि लगायतका अन्य विभिन्न क्षेत्रमा समेत नेपाली श्रमिकहरु पठाउन द्विपक्षीय छलफल र समन्वयलाई प्रभावकारी बनाउदै लैजाने विषयमा समेत कुराकानी भएको मन्त्रालयले बताएको छ ।

छलफलमा इजरायलमा द्वन्द्वको क्रममा मृत्यु भएका नेपाली श्रमिकहरुको परिवारलाई क्षतिपूर्ति बापत मासिकरुपमा भत्ता रकम उपलब्ध गराउने इजरायल सरकारको निर्णयबारे राजदूतले जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?