+
+

इरानले किन गर्‍यो इजरायलमा हमला ?

एजेन्सी एजेन्सी
२०८१ वैशाख ४ गते १३:१४

सिरियाको राजधानी दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको घातक हमलापछि इरानले इजरायलमाथि मिसाइल तथा ड्रोनबाट हमला गरेको छ ।

यद्यपि दमास्कसस्थित इरानी कन्सुलेटमा आफूले आक्रमण गरेको कुरा इजरायलले अहिलेसम्म स्वीकारेको छैन । तर, उक्त आक्रमण इजरायलकै तर्फबाट भएको अनुमान गरिएको छ ।

योसँगै इरानले इजरायलमाथि इतिहासमै पहिलोपटक प्रत्यक्ष आक्रमण गरेको छ ।

विगतमा इरान र इजरायलले एक अर्काका विरुद्धमा अप्रत्यक्ष रुपबाट आक्रमण गर्ने गरेका थिए । ती आक्रमणमा एक अर्काका विभिन्न अड्डाहरुलाई निशाना बनाइन्थ्यो । तर, दुवै देशले त्यसमा आफ्नो जिम्मेवारी कहिल्यै पनि स्वीकार्दैन्थे । गाजा-इजरायल युद्धपछि त यस्तो छद्मयुक्त निकै व्यापक बनेको छ।

इजरायल र इरान किन शत्रु हुन् ?

तेहरान की सड़कों पर लगे पोस्टर

सन् १९७९ सम्म यी दुई देश एक अर्काका सहयोगीको रुपमा थिए । त्यही वर्ष इरानमा इस्लामिक क्रान्ति भयो र देशमा एउटा यस्तो सरकारको स्थापना भयो जसको विचारधारा इजरायलको घोर विरोधमा थियो।

अहिले इरानले इजरायलको अस्तित्व नै स्वीकार गर्दैन र इजरायलको पूर्ण रुपमा अन्त्यको वकालत गर्दछ।

इरानका सर्वोच्च नेता रहेका आयातुल्लाह अली खामेनीको भनाइमा इजरायल क्यान्सरको ट्युमर हो त्यसैले उसलाई जरैदेखि उखेलेर फ्याँकिनेछ र ध्वस्त गरिनेछ ।

इजरायलले पनि इरान आफ्नो अस्तित्वका लागि खतराको रुपमा रहेको बताउँछ । इजरायलका अनुसार इरानले प्यालेस्टाइनी हतियारधारी समूहका साथै लेबनानको शिया मुस्लिम विद्रोही समूह हेजबुल्लाहलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

साथै इरानले गोप्य रुपमा परमाणु हतियार बनाइरहेको आरोप पनि इजरायलले लगाउने गरेको छ । तथापि इरानले भने आणविक बम बनाएको कुरालाई सख्त रुपमा इन्कार गर्ने गरेको छ ।

वाणिज्य दूतावासमाथि आक्रणपछि इरानको युद्ध

तेहरान में पहुँचे शव

इरानले प्रष्ट रुपमा भनेको छ कि इजरायलमाथि उसको आक्रमण गत अप्रिल १ मा दमास्कसस्थित इरानी कन्सुलेटमा भएको हवाई आक्रणको जवाफ हो । उक्त आक्रमण धेरैजना वरिष्ठ इरानी कमान्डरहरु मारिएका थिए ।

उक्त आक्रमणमा इजरायल जिम्मेवार रहेको र त्यो आक्रमणबाट आफ्नो सम्प्रभुत्ताको उल्लंघन भएको ठहर इरानले गरेको छ । यद्यपि इजरायलले सार्वजनिक रुपमा सो आक्रमणमा आफ्नो संलग्नता स्विकारेको छैन ।

दमास्कसमा भएको हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको थियो । मारिनेमा इरानका कुद्स फोर्सका ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी पनि थिए । कुद्स फोर्स इरानको सैन्य दस्ता रिपब्लिकन गार्डस् अन्तरगतको देशबाहिर क्रियाशील सैन्यबल हो ।

जाहेदीले लेबनानस्थित शिया गुट हेजबुल्लाहलाई मार्गदर्शन गर्दथे । दमास्कसस्थित इरानी कन्सुलेटमा भएको आक्रमण त्यही श्रृंखलाको एक हिस्सा मानिएको छ जसमा कैयन् इरानी ठाउँहरुलाई निशाना बनाइएको थियो । यी सबै हमलाको पछाडि इजरायलको हात रहेको बताइँदै आएको छ ।

पछिल्ला दिनमा इरानको रिपब्लिकन गार्डस्का कतिपय ठूला कमान्डरहरु सिरियामा मारिएका छन् ।

रिपब्लिकन गार्डस्ले सिरियाको बाटो हुँदै हेजबुल्लाहका लागि हतियार तथा सैन्य सामग्रीहरु पठाउँछ । त्यसमा मिसाइलदेखि रकेटसम्म हुने गर्दछन् । ती हतियार आपूर्तिलाई रोक्ने कोसिस इजरायलले गरिरहेको छ।

साथै उसले सिरियामा इरानी सैन्य क्षमता मजबुत भएको पनि देख्न चाहँदैन ।

इरानका सहयोगी को हुन् ?

हिज़बुल्लाह

मध्यपूर्वमा अमेरिका तथा इजरायलका हितलाई चुनौती दिनका लागि इरानले सहयोगीहरुको एउटा सञ्जाल बनाएको छ । इरानले कुनै न कुनै स्तरमा ती सहयोगीहरुको सहयोग लिइरहेको हुन्छ ।

सिरिया इरानको सबैभन्दा ठूलो सहयोगी हो । रुसको सहयोगबाट इरानले सिरियामा बशर अल असदको सरकारलाई सहयोग गरेको छ । एक दशकदेखि चलिरहेको गृहयुद्धका बाबजुत बशर अल असद सिरियाको राष्ट्रपतिबाट हटेका छैनन् ।

लेबनानको सबैभन्दा शक्तिशाली हतियारधानी गुट हेजबुल्लाहमाथि पनि इरानको हात छ । गाजा तथा इजरायलको बीचमा जारी युद्धपछि हेजबुल्लाहले दैनिक रुपमा इजरायलका विरुद्ध बम तथा गोली वर्षाइरहेको छ।

लेबनान तथा इजरायलको सीमावर्ती क्षेत्रबाट हजारौं मानिसहरुले आफ्नो घर छाडेर सुरक्षित स्थानमा जानुपरेको छ ।

इरानले आफ्नो छिमेकी देश इराकमा पनि कैयन् शिया मिलिसिया समूहहरुलाई सहयोग गर्दछ, जसले अमेरिकालाई निशाना बनाउँछन् । ती विद्रोही समूहहरुले इराक, सिरिया तथा जोर्डनस्थित अमेरिकी अड्डाहरुमा रकेट आक्रमण गर्ने गर्दछन् ।

जोर्डनस्थित एक सैन्य अड्डामा हालै भएको यस्तै आक्रमणमा ३ जना अमेरिकी सैनिकको ज्यान गएको थियो । त्यसपछि अमेरिकाले जवाफी कारवाही गरेको थियो ।

इरानले यमनस्थित हुथी विद्रोहीलाई पनि समर्थन गर्दछ । गृहयुद्ध झेलिरहेको यमनमा मुलुकको अधिकांस हिस्सा हुथीको कब्जामा छ । गाजामा हमासका लागि समर्थक देखाउने उद्देश्यले हुथीले पनि इजरायलमाथि मिसाइल आक्रमण गर्ने गरेको छ।

हुथी विद्रोहीले व्यवसायिक सामुद्रिक पानी जहाजहरुमाथि पनि आक्रमण गरेका छन् जसबाट कम्तिमा एउटा पानी जहाज डुबेको छ । हुथी हमलाको जवाफमा अमेरिका तथा बेलायतले उसका कैयन् स्थानहरुमाथि हवाई आक्रमण गरेका छन् ।

इरानले हमास लगायतका विभिन्न प्यालेस्टाइनी समूहहरुलाई पनि हतियार तथा तालिम उपलब्ध गराउँछ, जुन गत वर्ष अक्टोबरमा इजरायलमा भएको आक्रमणमा सामेल थिए । त्यहीँ घटनापछि गाजामा इजरायलले सुरु गरेको आक्रमण अहिले पनि चलिरहेको छ।

इरान र इजरायलको सैन्य क्षमताको तुलना

ग़ज़ा में इसराइली टैंक

भौगोलिक रुपले इरान इजरायलभन्दा निकै ठूलो छ र उसको जनसंख्या ९ करोड छ, जुन इजरायलको भन्दा १० गुणा धेरै हो । तर यसको अर्थ इरानी सेनापनि इजरायलको भन्दा ठूलो छ भन्ने होइन ।

इरानले मिसाइल तथा ड्रोनहरुमा व्यापक लगानी गरेको छ । इरानसँग हतियारको ठूलो भण्डार छ । त्यहीँबाटै उसले हुथी तथा हेजबुल्लाहलाई हतियार पठाउँछ ।

तर इरानसँग आधुनिक एयर डिफेन्स सिस्टम र फाइटर जेट छैन । इरानलाई यस विषयमा रुसले सहयोग गरिरहेको विश्वास गरिन्छ । त्यसको बदलामा इरानले युक्रेनमा रुसी युद्धको समर्थन गर्दछ र शाहिद ड्रोनको आपूर्ति गर्दछ । अहिले चाहिं रुस आफैले ती इरानी मोडेलका ड्रोनको उत्पादन गर्न थालेको छ ।

त्यसको विपरित इजरायलसँग विश्वको सबैभन्दा आधुनिक वायुसेना छ । आइआइएसएसको सैन्य सन्तुलन रिपोर्ट अनुसार इजरायली वायुसेनामा लडाकु जेटको १४ स्काड्रन्स छन् । त्यसमा एफ १५, एफ १६ का साथै हालै निर्मित एफ ३५ पनि रहेका छन् ।

इजरायलसँग शत्रुदेश भित्र घुसेर सफल हमला गर्ने अनुभव पनि छ ।

के यी देशसँग परमाणु हतियार छ ?

इजरायलसँग परमाणु हतियार भएको बताइन्छ । तर, उसले आधिकारिक रुपमा त्यसलाई स्वीकार गरेको छैन ।

इरानसँग परमाणु हतियार छैन र परमाणु हतियार बनाइरहेको भन्ने आरोप पनि उसले अस्वीकार गर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी गत वर्ष इरानको एक भूमिगत क्षेत्रमा ८३.७ प्रतिशत शुद्धतायुक्त युरेनियम पार्टिकल फेला पारेको थियो । यस्तो पारमाणविक कणलाई परमाणु हतियार बनाउन प्रयोग गरिन्छ ।

इरानले युरेनियमको उक्त शुद्धताको घटना अनपेक्षित उतारचढावको भएको बताएको थियो ।

सन् २०१५ मा भएको बहुपक्षीय आणविक सम्झौता उल्लंघन गर्दै इरानले दुई वर्षदेखि खुलेआम ६० प्रतिशत शुद्धतासम्म युरेनियमको प्रशोधन गरिरहेको छ ।

डोनाल्ड ट्रम्पले हात झिकेसँगै उक्त सम्झौता सन् २०१८ मा भंग भएको थियो । इजरायलले भने इरानसँग हुने कुनै पनि सम्झौताको विरोध गर्दछ ।

आक्रमणबाट इरानले के सन्देश दिन चाहन्छ ?

खमेनेई की तस्वीर लिए एक युवती

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त आक्रमण पछि भनेका छन् – हामीले मिसाइलहरुलाई रोक्यौं, बीचमै नष्ट गर्यौं । एकजुट भएर हामी विजयी हुनेछौं ।

बेलायती प्रधानमन्त्रीहरुका सल्लाहाकारका साथै लेबनानमा बेलायती राजदूत समेत रहेका टम फ्लेचरका अनुसार इजरायलमाथि इरानी हमला उसको टाढासम्म मार हान्ने क्षमताको नमूना हो ।

उनी भन्छन्- घरेलु मोर्चामा दुवै देश दबाबमा छन् । अन्तर्राष्ट्रियस्तरमा आलोचनाको सामना गरिरहेका छन् । दुवै देश आगोसँग खेलिरहेका छन् ।

तर उनका अनुसार इरानको हमला पूर्वानुमानित नै थियो । उसले पहिले धम्की दिएर आक्रमण गरेकाले त्यसलाई रोक्न सहज भयो ।

उनका अनुसार हेजबुल्लाहको प्रयोग नगरिकन आफैंले आक्रमण गर्नु पनि एक हिसाबले सकारात्मक हो । कतिपय इजरायलीहरु हेजबुल्लाहको विरुद्धमा कडा सैन्य कदम उठाउनुपर्ने माग गर्दछन् ।

लण्डनको च्याटम हाउस थिंक ट्यांकका सनम वकिलका अनुसार इरानको दृष्टिबाट आक्रमणलाई सफल मान्न सकिन्छ ।

उनी भन्छन्- इरानले पहिलोपटक इजरायलको सम्प्रभुताको सिधा उल्लंघन गरेको छ । यो आक्रमण निश्चित रुपमा निकै सुझबुझपूर्ण थियो । जसको उद्देश्य केवल सैन्य अड्डाहरुलाई निशाना बनाउनु थियो ताकि कसैलाई पनि कुनै खास क्षति नहोस् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?