+
+

म्यानपावर व्यवसायीले प्रधानमन्त्रीलाई भने : सेवा शुल्क बढाउनुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १९:१३

२६ असार, काठमाडौं । म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न मागहरु राखेको हो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले बढीमा १० हजार मात्रै सेवा शुल्क लिन पाइने नियम बदल्न गृहकार्य गरिरहँदा व्यवसायीहरु प्रधानमन्त्री भेट्न पुगेका हुन् । अब म्यानपावरले लिन पाउने सेवा शुल्क बढाएर कम्तीमा एक महिनाको तलब बराबर सेवा शुल्क लिनसक्ने व्यवस्था गर्न श्रम मन्त्रालयले तयारी अघि बढाएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारी नेतृत्वमा प्रधानमन्त्री कार्यालय पुगेको टोलीले म्यानपावर कम्पनीले वार्षिक १०० जना कामदार पठाउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन माग गरेका छन् । वैदेशिक रोजगार ऐनअनुसार आगामी ३१ असारसम्म सरकारले बाधा अड्काउ फुकाउको निर्णय नगरेमा करिब २ सय वटा म्यानपावर कम्पनी लगातार २ वर्षसम्म १०० जना पनि श्रमिक नपठाउने सूचीमा पर्नेछन् । यसलाई रोक्न माग गर्दै व्यवसायीले मन्त्रिपरिषद्‍बाट अघिल्लो २ वर्षमा जस्तै बाधा अड्काउ फुकाउको निर्णय गर्न माग गरिरहेका छन् ।

सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा यो व्यवस्था हटाउन प्रस्ताव गरेपनि तुरुन्तै पारित नहुने अवस्था देखेपछि व्यवसायी अत्ताल्लिएका छन् । व्यवसायीले मागपत्र प्रमाणीकरणलाई सहज बनाउन र जापानको रोजगारीमा निजी क्षेत्रको सहभागिता रहने वातावरण बनाउन र घरेलु कामदार पठाउने व्यवस्था खुला गर्न पनि माग गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यस्ता विषयहरुलाई समाधान गर्ने आश्वासन दिएको व्यवसायीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?