+
+
Shares

कम्युनिष्ट समूह एक भएर समाजवादको यात्रा सुरु गर्दैछौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताउनुभयो।
  • प्रचण्डले सबै कम्युनिष्टलाई एकताबद्ध गरेर समाजवादको नयाँ यात्रा सुरु गर्ने बताए।
  • उनले शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै दललाई मिलाएर अगाडि बढाइने खुलाउनुभयो।

२० वैशाख, त्रिवेणी (रुकुम पश्चिम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् ।

मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले सबै कम्युनिष्टहरू एकताबद्ध भएर क्रातिको सपना पूरा गरिने बताए ।

‘हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिष्ट समूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा सुरु गर्न नेकपा बनाएका छौँ । अब बाँकी रहेका कम्युनिष्टलाई पनि एकताबद्ध गर्छौं’, प्रचण्डढले भने।

उनले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनितिक दललाई मिलाएर अगाडि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?