+
+
Shares

दक्षिणी लेबनानका मानिसलाई शहर र गाउँ खाली गर्न इजरायली सेनाको चेतावनी

इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका शहर र गाउँका बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली सेनाले दक्षिणी लेबनानका ११ शहर र गाउँका बासिन्दालाई तुरुन्तै घर खाली गर्न र कम्तीमा १ हजार मिटर खुला क्षेत्रमा सर्न चेतावनी दिएको छ।
  • सेनाले हेजबुल्लाह विरुद्ध युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै कारबाही गरेको र लडाकुहरू वा तिनीहरूको नजिकका जो कोहीलाई खतरामा पर्न सक्ने चेतावनी दिएको छ।
  • इजरायलले दक्षिणी लेबनानमा बारम्बार हवाई आक्रमण गर्दै आएको र हिजबुल्लाहका संरचनाहरू भएको दाबी गरिएका भवनहरू ध्वस्त पारेको छ।

इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका शहर र गाउँका बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको छ ।

शहर र गाउँभन्दा कम्तीमा १ हजार मिटर खुला क्षेत्रमा सर्न इजरायली सेनाले उनीहरूलाई चेतावनी दिएको हो ।

रोयटर्सका अनुसार सेनाले दक्षिणी लेबनानका ११ शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका द इन्डिपेन्डेन्टका अनुसार सेनाले यो कारबाही हेजबुल्लाह विरुद्ध भएको दाबी गरेको छ ।

सेनाले युद्धविराम सम्झौता उल्लङ्घन गरेकोमा हेज्बुल्लाह विरुद्ध कारबाही गरिएको बताएको छ । यसले हेज्बुल्लाह लडाकुहरू वा उनीहरूको स्थान नजिक भेटिने जो कोही पनि खतरामा पर्न सक्ने चेतावनी दिएको छ ।

इजरायलले दक्षिणी लेबनानमा बारम्बार हवाई आक्रमण गर्दै आएको छ । सेनाले हिजबुल्लाहका संरचनाहरू भएको दाबी गरिएका धेरै भवनहरू ध्वस्त पारेको छ।

इरान समर्थित यो सशस्त्र समूहले लेबनान र उत्तरी इजरायलमा इजरायली सेनामाथि ड्रोन र मिसाइल आक्रमण पनि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?