+
+

इन्डोनेसिया भ्रमणमा स्टिकर भिषा अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १२:१७

१३ मंसिर, काठमाडौं । नेपाल हेर्ने बंगलादेशको ढाकास्थित इन्डोनेसियाली दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ ।

इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ ।

दूतावासले एक सर्कुलर जारी गर्दै भिषा सम्बन्धी सम्पूर्ण कार्य इन्डोनेसियाको काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय मार्फत गर्न सुझाव दिएको छ ।

ई–भिषा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मूल्यांकन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिसाको लागि आवेदन नगर्न समेत आग्रह गरेको छ ।

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिषा अन अराइभलका लागि पहल भई राखेको जनाउँदै नेपाली नागरिकहरूको सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?