
२६ वैशाख, काठमाडौं । भारतका नागरिक तथा मानवअधिकार अभियन्ता अर्जुन सेठीले हजारौं सामाजिक सञ्जाल एकाउन्ट बन्द गर्ने भारत सरकारको कदमको निन्दा गरेका छन् । उनले भारत सरकारलाई ‘डिजिटल अधिनायकवादको विश्व अगुवा’ को संज्ञा दिएका छन् ।
भारतले सामाजिक सञ्जाल एक्सलाई लाई आठ हजार भन्दा बढी खाता ब्लक गर्न निर्देशन दिएको थियो। यसलाई एक्सले ‘सरकारी सेन्सरसीप’ भन्दै अनिच्छासाथ पालना गर्नुपरेको बताएको छ ।
भारत सरकारको यो आदेश पाकिस्तानसँग बढ्दो तनावको सन्दर्भमा आएको हो।
अलजजिराका अनुसार जर्जटाउन विश्वविद्यालयका निगरानी प्रणाली विज्ञ समेत रहेका सेठीले ब्लक गरिएका एकाउन्टहरूमा मानवअधिकार रक्षकहरू र अन्तर्राष्ट्रिय समाचार संस्थाहरू पनि रहेका बताएका छन् ।
भारतले यसअघि केही समाचार संस्थासँगै दर्जनौं पाकिस्तानी युट्युब च्यानलहरूलाई उत्तेजक सामग्री फैलाएको भन्दै प्रतिबन्ध लगाएको थियो। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम खाता पनि प्रतिबन्धित गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
प्रतिक्रिया 4