+
+
Shares

फेक सूचनामा विश्वास नगर्न ईपीएस कोरियाले गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १३:२७
फाइल तस्वीर

१० साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पछिल्लो समय विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भइरहेको भन्दै सचेत गराएको छ । ईपीएएस कोरिया शाखाको लेटर प्याडमा ‘तत्काल कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै फेक सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि ईपीएस कोरिया शाखाले गलत सूचनाप्रति सचत रहन भन्दै यो सूचना झुटो रहेको स्पष्ट पारेको छ ।

लेटरहेड दुरुपयोग गरी गलत सूचना निकाली अतिरञ्जित गर्ने, भ्रम छर्ने र सरकारी लेटरप्याड कीर्ते लगायत गैरकानुनी काम गरेका व्यक्तिलाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा समेत लेखी पठाइएको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए । ईपीएयस कोरिया शाखाको सामाजिक सञ्जालमा पेज बनाएर त्यसमा लोगो र लेटरप्याड समेत राख्ने गरिएको तर्फ समेत ईपीएसले सचेत गराएको छ ।

नक्कली फेसबुक खोल्ने, त्यसमा भ्रामक विषय लेखी जथाभावी पोष्ट गर्ने र सत्यतथ्य नबुझी सेयर गर्ने प्रवृत्तिप्रति समेत कोरिया शाखाले ध्यानाकर्षण गराएको छ । कुनै पनि आधिकारिक सूचनाका लागि ईपीएस कोरियाको वेवसाइट र कोरिया शाखाले राष्ट्रि दैनिकहरुमा प्रकाशित गर्ने आधिकारिक सूचनामा मात्र विश्वास गर्न समेत शाखाले सरोकारवालालाई सचेत गराएको छ ।

सन् २००८ देखि रोजगारीका लागि यस प्रणालीबाट ९० हजार भन्दा बढी नेपाली नागरिक कोरियामा कामका लागि प्रवेश गरिसकेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मात्र २२ हजार १९२ जना कामदार कोरिया पुगेका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार दक्षिण कोरियामा कामदार पठाउने १६ मुलुकमध्ये नेपाल उत्कृष्ट रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?