+
+
Shares

भक्तपुरको मनोहरा खोलामा बाढी, सुरक्षित रहन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते २१:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार दिउँसो परेको पानीका कारण भक्तपुरको मनोहरा खोलामा बाढीको सतह बढेको छ ।
  • एसपी सुर्य खड्काका अनुसार बाढी बढेपछि प्रहरीले खोला किनारका बस्तीमा परिचालन गरी केही घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारेको छ ।
  • उनले बाढीका कारण मानवीय क्षति नभएको र अहिले पानी पर्न कम भई खोलाको बहाव घटेको बताए ।

२९ भदौ, काठमाडौं । भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेको छ । सोमबार दिउँसोबाट परेको पानीका कारण खोलामा बाढीको सतह बढेको हो ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी सुर्य खड्काका अनुसार बाढीको बहाव बढेसँगै अहिले प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ ।

‘बस्ती किनारका केही घरमा पानी पसेपछि हामीले सुरक्षित ठाउँमा सारेका छौं,’ एसपी खड्काले अनलाइनखबरसँग भने, ‘अहिले पनि प्रहरीले त्यहाँ काम गरिरहेको छ ।’

उनका अनुसार, यसअघि आउने भन्दा खोलाको बहाव बढेको हो । बाढीका कारण मानवीय क्षति भने नभएको उनले बताए ।

अहिले पानी पर्न कम भएको र खोलाको बहाव पनि घटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?