News Summary
Generated by OK AI. Editorially reviewed.- उज्यालो नेपाल पार्टीको सचिवालयले दिवाकर अर्याललाई महासचिवमा मनोनीत गरेको छ ।
- पार्टी अध्यक्ष कुलमान घिसिङले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्याललाई औपचारिक प्रवेश गराउनुभयो ।
- कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद छटोट, विष्णु पराजुली र दुर्गा अर्याल पनि पार्टीमा केन्द्रीय सदस्यका रूपमा प्रवेश गरेका छन् ।
२९ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् ।
अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिव पदमा मनोनीत गर्ने निर्णय गरेको हो । उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् ।
अर्याल युवा अभियन्ता तथा ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष हुन् ।
उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद छटोट, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रुपमा पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरुको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइना पुर्याउने दाबी गरे ।
‘देश विकासका लागि इच्छाशक्ति, अनुभव र विज्ञताको मिश्रण आवश्यक छ,’ घिसिङले भने, ‘त्यसका लागि उज्यालो नेपाल पार्टीको विकल्प छैन ।’
प्रतिक्रिया 4