+
+
Shares

सुनसरी र सिरहा घटनाको उच्चस्तरीय आयोग गठन गर्न उनेपाको माग

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी सुनसरी र सिरहाका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले सुनसरी र सिरहाका घटनाको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
  • पार्टीका मुख्य सचिव डा. राजु थापाले हिंसात्मक गतिविधिले समस्या समाधान नहुने भन्दै प्रभावित क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेका छन्।
  • उज्यालो नेपाल पार्टीले पीडितलाई न्याय, घाइतेको उपचार र प्रभावित क्षेत्रमा सर्वपक्षीय संवाद सुरु गरी प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

१४ साउन, काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी सुनसरी र सिरहाका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरेको छ ।

उनेपाले पीडितलाई न्याय सुनिश्चित,घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न तथा प्रभावित क्षेत्रमा तत्काल सर्वपक्षीय संवाद सुरु गरी सामाजिक सद्भाव कायम गर्न माग गरेको छ । स्थानीयस्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

विवादको समाधान हिंसा, तोडफोड वा आगजनीबाट नहुने उल्लेख गर्दै उनेपा मुख्य सचिव डा. राजु थापाले सामाजिक सद्भाव कायमका लागि अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?