News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको मनोहरा खोलामा सोमबार दिउँसोको वर्षापछि बाढीको सतह बढेर नदी किनारका टहरामा पानी पसेको छ।
- पानी पसेपछि किनारका बस्तीमा रहेकाहरूलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सुर्य खड्काले बताए।
- एसपी खड्काका अनुसार अहिले पानी पर्न कम भएको छ र खोलाको बहाव पनि घटेको छ, भने मानवीय क्षति नभएको छ।
२९ भदौ, काठमाडौं । भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेको छ । सोमबार दिउँसोबाट परेको पानीका कारण खोलामा बाढीको सतह बढेको हो ।
खोलामा बाढी आएसँगै नदी किनारका टहराहरूमा पानी छिरेको छ । पानी छिरेपछि किनारका बस्तीमा रहेकाहरूलाई सुरक्षित ठाउँमा लगिएको छ ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी सुर्य खड्काका अनुसार बाढीको बहाव बढेसँगै अहिले प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ ।
‘बस्ती किनारका केही घरमा पानी पसेपछि हामीले सुरक्षित ठाउँमा सारेका छौं,’ एसपी खड्काले अनलाइनखबरसँग भने, ‘अहिले पनि प्रहरीले त्यहाँ काम गरिरहेको छ ।’
उनका अनुसार, यसअघि आउने भन्दा खोलाको बहाव बढेको हो । बाढीका कारण मानवीय क्षति भने नभएको उनले बताए ।
अहिले पानी पर्न कम भएको र खोलाको बहाव पनि घटेको उनले बताए ।
तस्वीरहरू-














प्रतिक्रिया 4