+
+

आकर्षक सेवा सुविधामा युरोप–अमेरिका पठाउने बेहोराका विज्ञापनमा भर नपरौं : विभाग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १७:०२

२६ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले आकर्षक सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा यूरोप पठाउने बेहोरोका विज्ञापन छ्यापछ्याप्ती भएपछि यसको खण्डन गरेको छ ।

विभागका अनुसार फेसबुक, इन्स्टाग्रम, टिकटकमा यस्ता विज्ञापन भाइरल गराइएका छन् । जसमा क्यानडा, रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्बानियालगायत मुलुकमा भिजिट भिषा, वर्किङ भिसामा पठाइदिने भन्ने बेहोरेका विज्ञापन भाइरल गराइएको छ ।

विभागले सार्वजनिक सञ्जालमा प्रसारित विज्ञापनमा भर नपर्न सचेत गराएको छ । साथै आधिकारिक निकायको अनुमतिविना सामाजिक सञ्जालमा वैदेशिक रोजगार सम्बन्धी विषयमा प्रचार प्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्न समेत सचेत गराएको छ ।

वैदेशिक रोजगारीमा पठाउन इजाजत पाएका कम्पनीहरुबाट वैधानिक रुपबाट मात्र वैदेशिक रोजगारीमा जान समेत विभागले सर्वसाधारणलाई एक विज्ञप्ति जारी गर्दै सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?