+
+

कोशी प्रदेशमा सातौं र आठौं तहमा डेढ सय कर्मचारी माग

कृषि, वन, स्वास्थ्य, इन्जिनियरिङका साथै अप्राविधिकले पनि आवदेश दिन पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १३:०८

११ असार, काठमाडौं । कोशी प्रदेश सरकारले अधिकृत स्तर आठौं र सातौं तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सोमबार सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेकाहरुले ‘पीएससी अनलाइन डट जीओभी डट एनपी’मार्फत आवेदन दिने सक्नेछन् ।

सूचना अनुसार आठौं तहमा मेडिकल अधिकृतमा खुलातर्फ ११, आदिवासी जनजाती ३, महिला ३, दलित १ जनाका लागि आवेदन खुलेको छ । आठौं तहमा आयुर्वेद चिकित्सकमा खुला १ र आदिवासी जनजातितर्फ १ जनाका लागि आवेदन खुलेको छ । सोही तहमा डेन्टल सर्जनतर्फ खुलामा १ र आदिवासी जनजातिमा १ जनाका लागि अवसर रहेको छ । सातौं तहमा जनस्वास्थ्य अधिकृत अन्तर स्थानीय तहमा १, खुलामा ४, आदिवासी जनजाति, महिला र दलितमा १/१ जनाका लागि आवेदन खुलेको छ । सातौं तहको नर्सिङ अधिकृततर्फ खुलामा १, कम्यूनिटी नर्सिङ अधिकृतमा १, स्वास्थ्य शिक्षा अधिकृतमा १ जनाले आवेदन दिन सक्ने भएका छन् ।

अन्तर स्थानीय तहमा सातौं तहका लागि ४ जनाका लागि आवेदन खुलेको छ । इन्जिनियर खुलातर्फ ११, आदिवासी जनजातितर्फ ५, महिलातर्फ २, दलिततर्फ १ जनाले आवेदन दिनेसक्ने भएका छन् । सहायक वन अधिकृतमा खुलामा ११, आदीवासी जनजातिमा ३, महिलामा ३, दलितमा १, थारुमा १ जनाका लागि आवेदन खुलेको छ । कृषितर्फ खुलामा १२, आदिवासी जनजातिमा ५, महिलामा ४ र दलितमा २ जनाका लागि आवेदन खुलेको छ ।

शिक्षा अधिकृत खुलामा १, प्राविधिक अधिकृततर्फ खुलामा ४, पशु विकास अधिकृततर्फ अन्तर स्थानीय तहमा १, खुलामा २, आदिवासी जनजातिमा १ जनाले अवसर पाउने छन् । मत्स्य विकास अधिकृतमा खुलामा १ जनाका लागि दरखास्त दिन सक्ने छन् । अधिकृत र लेखा अधिकृततर्फ अन्तरस्थानीय तहमा ४, खुलामा अधिकृत, लेखा अधिकृत र राजस्व अधिकृतमा ८, आदिवासी जनजातिमा ३, महिला र दलितमा १÷१ जनाका लागि अवसर खुलेको छ । तथ्यांक अधिकृत १ जनाले खुलामा अवसर पाउने छन् ।

शुल्क १२ सय

प्रदेश लोकसेवा आयोगका अनुसार परिक्षा दस्तुर शुल्क १२ सय रुपैयाँ तोकिएको छ । समावेशी समूहका लागि प्रत्येकले ४ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । दरखास्त बुझाउने अन्तिम मिति असार ३१ रहेको छ । दोब्बर दस्तुत तिरेर भने साउन ७ सम्म आवेदन दिन सकिने भएको छ । आयोगले छुट्टाछुट्टै पदका लागि योग्यतासमेत तोकेर सूचना प्रकाशित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?