+
+

कोशी प्रदेश : नयाँ सरकार नबन्दै मन्त्रालयको भागबन्डा

हरि अधिकारी हरि अधिकारी
२०८० चैत २७ गते २१:१९

२७ चैत, विराटनगर । कोशी प्रदेशमा सरकार नबन्दै गठबन्धन दलले भागबण्डा टुङ्गो लगाएका छन् ।

मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका एमाले र माओवादीले सोमबार हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ सरकार बनाउन प्रदेश प्रमुख समक्ष राजनीतिक दाबी पेश गरेका थिए ।

दुबै दलले मंगलबार पत्रकार सम्मेलन गर्दै दीर्घकालीन असर पार्ने खालका कुनै निर्णय नगर्न मुख्यमन्त्रीलाई आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने, नभए समर्थन फिर्ता लिएको ३१औं दिनमा संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु हुने दुबै दलको दाबी छ ।

‘सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा वा मन्त्रीबाट फिर्ता बोलाएमा मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्छ’ एमाले प्रमुख सचेतक भण्डारीले भने, ‘३० दिनभित्र विश्वासको नलिएमा प्रदेश प्रमुखले नयाँ प्रक्रिया सुरु गर्नुपर्छ । हाम्रो सुझाव १६८(२) बमोजिम सरकार गठनको प्रक्रिया सुरु गर्नका लागि छ ।’

९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् ।

नयाँ सरकार गठन प्रक्रिया सुरु भएको अवस्थामा प्रष्ट बहुमत पुग्ने भएकाले दुबै दलले मन्त्रालय भागवण्डा समेत गरिसकेका छन् ।

स्रोतका अनुसार प्रदेशमा रहेका नौ वटा मन्त्रालयमध्ये एमालेले चार वटा राख्नेछ । माओवादी केन्द्रले ३ वटा लिनेछ भने एकीकृत समाजवादी र जसपालाई १–१ वटा मन्त्रालय दिने सहमति छ । कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लग्न बाँकी छ ।

एमाले र माओवादी केन्द्रका नेताबीच भएको सहमतिमा सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्ने, बजेट निर्माण र प्रदेशमा हुने नियुक्ति आन्तरिक सहमतिमा गर्ने समझदारी छ ।

दुई दलबीचको बैठकमा २४ पुस २०७९ मा पहिलो पटक मुख्यमन्त्री बनेका कार्कीले सहमति अनुसार माओवादी केन्द्रलाई जिम्मेवारी नदिएको कुरा पनि उठेको थियो । एमाले संसदीय दलका नेता कार्कीले कमजोरी सुधार गर्दै अघि बढ्न आफू तयार रहेको बताएका थिए ।

एमाले प्रमुख सचेतक भण्डारीले भने आलोपालोको निर्णय माथीबाटै टुङ्गो लागेको र सरकार गठन भएपछि जिम्मेवारी बाँडफाँटका विषयमा छलफल हुने बताए । ‘सरकार गठनको आह्वान भएपछि मन्त्रालयको विषयमा छलफल हुन्छ’उनले भने ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?