+
+
Shares

गरिबलाई राहत होइन, गरिब हुनै नदिने पूर्ववितरणात्मक न्याय : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १४:५२

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले समाजमा रहेको धनी र गरिबबीचको खाडल पुर्न एउटा नयाँ आर्थिक अवधारणा बहसमा ल्याएको छ। त्यो हो– पूर्ववितरणात्मक न्याय।

पूर्ववितरणात्मक न्याय अर्थात् मानिसहरू गरिब वा पछाडि परिसकेपछि राज्यले राहत वा भत्ता बाँड्ने होइन, बरु उनीहरूलाई सुरुमै अघि बढ्न सक्ने समान अवसर दिने।

अहिलेसम्म राज्यले असमानता बढिसकेपछि त्यसलाई घटाउन परम्परागत पुनर्वितरण (जस्तै: कर उठाएर गरिबलाई सहायता गर्ने) नीति लिँदै आएको थियो। तर कांग्रेसले अब यो पुरानो शैली मात्र पर्याप्त नहुने निष्कर्ष निकालेको छ।

नागरिकले आफ्नो आर्थिक जीवन सुरु गर्दाको आधार नै न्यायपूर्ण बनाउनुपर्ने कांग्रेस महाधिवेशनमा प्रस्तुत सभापति गगन थापाको राजनीतिक प्रस्तावमा उल्लेख छ।

के हो पूर्ववितरणात्मक न्याय ?

कुनै पनि दौड प्रतियोगितामा सबै धावकलाई एउटै रेखाबाट दौड सुरु गर्न दिइन्छ। कांग्रेसले ल्याएको यो अवधारणाको सार पनि त्यही हो– आर्थिक दौड सुरु गर्ने रेखा (स्टार्टिङ लाइन) सबै नागरिकका लागि एउटै हुनुपर्छ।

प्रस्तावमा भनिएको छ, ‘पूर्ववितरणात्मक न्यायले शिक्षा, स्वास्थ्य, सीप, पुँजी, वित्त (कर्जा), पूर्वाधार र डिजिटल पहुँचलाई सुरुदेखि नै सबैका लागि पहुँचयोग्य र न्यायपूर्ण बनाउने दृष्टि दिन्छ। यसका साथै श्रमको शक्ति र कानुनी सुरक्षालाई पनि बलियो बनाइनेछ।‘

पार्टीले समाजका सबै मानिसको आम्दानी वा हैसियत दुरुस्तै एउटै बनाउने असम्भव सपना बाँडेको छैन। ‘सबैको परिणाम समान बनाउनु नभई क्षमता विकास र आर्थिक अवसरमा प्रवेश गर्ने आधार असमान नहोस् भन्ने सुनिश्चित गर्नु यसको उद्देश्य रहेको छ,’ दस्तावेजमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?